पहाडको टाकुरोको नजीक भएको ढुङ्गोले फेदीमा पटक-पटक आएर ठोक्किइरहने समुद्री छालतिर हेर्दै ओठ लेब्र्यायो र भन्यो – “जतिसुकै प्रयास गर तर तैँले मलाई भेट्न सक्दैनस्।”
छालले अविचलित आफ्नो प्रकृया दोहोऱ्याई रह्यो – ऊ आफ्नो कर्तव्यपथमा निरन्तर लागि रह्यो।
अचानक भूतलमा ठुलो हल-चल हुन थाल्यो र पहाडको बिचोबिचबाट बिस्फोट भएको ज्वालामुखीले पहाडको टाकुरो सहित त्यो ढुङ्गोलाई पिँधमा पुऱ्याईदियो।
अहिले ऊ त्यही समुद्री छालको तलतिर दबिएर आफ्नो अभिमानप्रति पछुतो मान्दैछ।
२०७४ आश्वीन २६
