Skip to content


नयाँ परिवेशको दृश्य उसलाई अचम्म लाग्यो।

अलग्गै देखिने त्यो अण्डालाई कुखुरीले निकै यत्नका साथ कोरलेकी थिई।

उसको अपेक्षा विपरित त्यो चल्लो अन्य चल्लाहरू भन्दा अलग निक्लेको थियो।

आमाको माया थियो – उसलाई अरू चल्लाहरूसँगै हुर्काई, बढाई, आफ्नै रहन-सहन, चालढाल सिकाई – चतुर थियो सिक्दै गयो। उसले कुखुरीलाई आफ्नै आमा मान्न थाल्यो, र अरू चल्लाहरू, आफ्नै दाजु-भाइ।

समय परिवर्तनको वेगले उसलाई पनि हुत्याउँदै लग्यो, थचार्दै, पछार्दै लछार्दै लग्यो र अहिले ऊ बिबिधताले भरिएको क्षेत्रमा पुग्यो। त्यहाँ ऊ जस्तै देखिने, उसका दाजु-भाइहरू जस्तै देखिने, अनि ऊ तथा उसका दाजु-भाइ भन्दा अलग देखिने जीवहरूको संसारमा पुग्यो।

अनि उसलाई यो नयाँ परिवेशको चाल-चलन अचम्म लाग्न थाल्यो।

अहिले ऊ आफू जस्तै देखिने एउटा चल्लोको बोली-चाली चाल-ढाल देखेर एक्लै पेट मिची-मिची मुर्छा परी-परी हाँस्दै छ।

२०७४ आश्वीन २५

Leave a Reply

Your email address will not be published. Required fields are marked *