Skip to content


२००७ सालको सेरोफेरोमा लेखिएका दर्जनौ“ पुस्तक, लेख र संस्मरणहरूभन्दा भिन्न छ मातृकाप्रसाद कोइरालाको आत्मकथा । किनभने, यो सुनिजान्ने र देखिजान्ने साक्षीको बकपत्रजस्तो मात्र नभई भोगिजान्ने पात्रकै कलम र निजी सङ्कलनका लिखतमा आधारति ग्रन्थ रहेछ । भनौ“, यहा“ छापिएका कुराहरूको आधिकारकिताबारे पाठक ढुक्क हुन पाउने रहेछन् । मातृकाप्रसादको निधन भएको ११ वर्षछि उहा“को यो जीवनी कुन पृष्ठभूमि र सर्न्दर्भमा जनसमक्ष ल्याउन सम्भव भएको हो, त्यसको जानकारी प्राक्कथनमा वरष्िठ अधिवक्ता गणेशराज शर्माले सविस्तार दिनुभएको छ ।
०५५ सालमा उहा“को सौजन्यबाट नेपाली पाठकहरूले मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आत्मवृत्तान्त पढ्न पाएका थिए भने १० वर्षछि उहा“कै माध्यमबाट प्रजातान्त्रिक नेपालका पहिलो प्रधानमन्त्रीको सङ्र्घष्ाशील व्यक्तित्वसित साक्षात्कार गर्ने अवसर प्राप्त गरेका छन् । यस्ता सत्कार्यको यथोचित श्रेय शर्माले पाउनर्ैपर्छ ।
ए रोल इन ए रिभोल्युसन नामक यो अङ्ग्रेजी पुस्तक दर्ुइ खण्डमा बा“डिएको छ । पहिलो खण्डमा मातृकाप्रसादको जीवनी छ, जसले पाठकलाई उहा“को बाल्यकालदेखि प्रजातन्त्रको युद्धमैदानको नेतृत्वमा पुग्दासम्मको संस्मरण प्रदान गर्दछ । दोस्रो खण्डमा उहा“को प्रधानमन्त्रीत्वकालमा भएका महत्त्वपर्ूण्ा लेखापढी, पत्राचार समावेश छन् । सङ्ग्रहमा परेको चिट्ठीपत्रमध्ये मातृकाप्रसाद र भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूबीचको पत्राचार नेपाल-भारत सम्बन्धबारे अध्ययन-अन्वेषण गर्नेहरूका लागि उपयोगी सामग्री हुन सक्छन् ।
झट्ट हर्ेदा जीवनी खण्ड अधुरो, अपूरो देखिन्छ । तर, यही अधुरो कथाभित्र पनि कतिपय यस्ता घटना र प्रसङ्गहरू भेटिन्छन्, जसको उल्लेख अन्य प्रकाशनहरूमा नभेटिन सक्छन् । यसको एउटा उदाहरण कृष्णप्रसाद कोइरालाको टोपीसम्बन्धी प्रतिज्ञा हो । नागरकि अधिकारबारे ध्यानाकर्षा गराउन गरबि नेपालीका थोत्रा लुगाको पुलिन्दा चन्द्रशमशेरकहा“ पठाउ“दा उनको कोपभागी हुन पुगेका कृष्णप्रसादले देश छोडी मुग्लान जानुपरेको थियो । निर्वासनमा बसुन्जेल उहा“ले टोपी नलगाउने प्रण गर्नुभएछ । पछि चन्द्रशमशेरको निधनपश्चात् नेपाल फर्किन पाउने खबर जयनगर पुग्यो । अनि, नेपाली पोसाक, टोपी सिलाइयो । कृष्णप्रसाद छोरा मातृका र केही साथीहरू लिएर जयनगरबाट रक्सौल हु“दै वीरगन्ज आउनुभयो । हुन त रक्सौल र वीरगन्जबीच रेल सेवा थियो तर कृष्णप्रसादले रक्सौलबाट पैदलै वीरगन्ज आउने बाटो रोज्नुभयो । र, सिमानाको काम गर्ने सानो खोलामाथिको काठेपुल तरेपछि मात्र हातमा रहेको टोपी शिरमा लगाउनुभयो ।
अर्को महत्त्वपर्ूण्ा विषय छ अङ्गे्रजहरूले भारत छाडेर बेलायत फर्किने सिलसिलाको । त्यतिखेर एउटै भूमिमा भारत र पाकिस्तान दुइटा देश जन्मे, अन्य रजौटाहरूलाई पनि आफ्नाबारे निर्ण्र्ाागर्ने विकल्प थियो । यता नेपालका राणा शासकहरूमा चाहि“ अङ्ग्रेजलाई सन् १८१५ मा लडाइ“को सर्न्दर्भमा दिइएको भूभाग फिर्ता लिने सोचसम्म पनि आएन । उनीहरूको ध्याउन्न त त्यतिखेरको २५ करोड ‘गोप्य रकम’ हात लगाउने कुरामा केन्द्रित भयो । मातृकाप्रसाद भन्नुहुन्छ, “यो कुरो सन् १९४८ मा मैले पण्डित नेहरूकै मुखबाट सुनेको हु“ ।” ‘राणाहरूले अर्थोक जे गरे पनि राष्ट्र त जोगाए’ भन्ने तर्कसित मातृकाप्रसाद सहमत हुनुहुन्न । आफ्नो कथनको पुष्टिमा उहा“ले थप आधार अघि र्सार्नुभएको छ, “सन् १९११ मा बेलायतका राजा जर्ज पा“चौ“ भारत भ्रमणमा रह“दा आयोजित दिल्ली दरबारमा स्वतन्त्र मुलुकका शक्तिशाली प्रधानमन्त्री भइखाएका चन्द्रशमशेर किन अन्य भारतीय रजौटाहरूका लाममा मिसिन गए – सानो उदयपुरको रजौटाले समेत चाकडीमा जान नरुचाएको ठाउ“मा चन्द्रशमशेरको उपस्िथति किन भयो – वास्तवमा नेपालको स्वतन्त्र पहिचान र अन्तर्रर्ााट्रय व्यक्तित्व राणाशासनको अन्त्यपछि मात्र स्थापित भएको हो भन्ने मातृकाप्रसादको तर्कसङ्गत ठहर छ । जगजाहेर छ, नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको ००७ सालपछि मात्र हो ।”
पुस्तकको दोस्रो अर्थात् परििशष्ट खण्डमा परेका दस्तावेजहरूले चाहि“ प्राक्कथनमा गणेशराज शर्माले उल्लेख गर्नुभएको एउटा ब“ुदातर्फपाठकको ध्यान केन्द्रित गर्छन् । त्यो बु“दामा भारतलाई अङ् ग्रेजको उपनिवेश रहन नदिन भएको स्वतन्त्रता आन्दोलनमा निकट रहेर काम गरेका नेपाली नेताहरूको योगदानलाई चटक्कै बिर्सर्ेेभारतीय नेताहरूले नेपालप्रतिको दृष्टिकोणमा हठात् परविर्तन गरेको अवधारणा प्रस्तुत भएको छ । नेहरूले मातृकाप्रसादलाई लेखेका लामा-लामा औपचारकि, अनौपचारकि पत्रहरूले भारतको त्यही परविर्तित -कठोर) सोचलाई प्रतिध्वनित गरेका छन् ।

1 thought on “जवाहरलाल नेपालप्रति नरम थिएनन्”

  1. Dhurba hari jiyu,

    Dhurba hari jiyu,
    Yo Tapaiko lekh(samichya) purna bhayena. purna bhaye ko bhaye hami jasta Youba pusta lai Yesta yetihasik mahatwo ko kura jankari hune thiyo………kripaya yesko purna Anksa padna chahan chu.
    Ujwal Adhikari
    Tongmyong University
    KOrea

Leave a Reply

Your email address will not be published. Required fields are marked *