Skip to content

पुस्तक/कृति समीक्षा

‘स्मृतिको पर्खालभित्र’ चियाएर हेर्दा

  • by

काठमाडौँको ओमबहालमा वि.सं. १९८२ साल असार १० गते मङ्गलबारका दिन जन्मेका विजय मल्ल आधुनिक नेपाली साहित्यको श्रीगणेश गर्नमा धुरी बनेर खडा भएको शारदा पत्रिकाका संस्थापक सम्पादक ऋद्धिबहादुर मल्लका कान्छा छोरा हुन् । बाल्यकालदेखि नै नेपाली साहित्यका त्रिमूर्ति लेखनाथ, सम र देवकोटाको साहित्यिक हावा लागेका मल्ल दाजुभाइको नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान छ तापनि साहित्यका सबै विधामा समानुपातिकरूपले सशक्त र सिद्धहस्त कलम चलाउने विजय मल्ल रङ्गमञ्चका कुशल ज्ञाता र बहुमुखी प्रतिभाका धनी थिए ।

राममणिको ‘सूचना टाँस’ले जनतालाई दिएको चेतना

  • by

राजनीतिमा सानो मान्छेलाई पनि पोशाक चाहिन्छ तर साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइराला साहित्यमा आफूलाई अराजकतावादी ठान्थे । अहिले त नेपाली समाज आफैँ पागल छ, अराजक छ । अनि आफ्नो पागलपन र अराजकताको ढाकछोप र आफ्नो टिठलाग्दो विक्षिप्तता लुकाउन अरूलाई पागलको संज्ञा दिन्छ । यसरी पागलको पगरी पाउनेहरूमा उदयपुरको धर्तीमा एक जना यस्ता अपूर्व मान्छे जन्मिए । उनको दिनचर्या यस्तो थियो- दिनभर सडकका ढुङ्गा टिपिहिँड्नु, चौतारो र प्रतिक्षालयमा कुचो लाउनु, नदी, कुवा र पँधेरामा जमेको फोहोर प्रत्येक दिन सफा गर्नु, बाटा र खोलामा फ्याँकेका काँढा टिपेर जलाउनु, गाँउमा भोकाएको वस्तुलाई घाँस काटेर दिनु, सडकमा नाकभरि रालसिँगानको लेघ्रो बोकेर नानी देख्दा सिँगान पुछिदिनु, आफ्नो घरको कुनै ठेगान नहुनु तर कोही खान नपाएर भोकै बसिरहेको छ कि भनेर चिन्ता गर्नु, बूढाबूढी एवं अशक्तहरूको काम सित्तैमा गरिदिनु, आफ्नो आङ्ग नाङ्गो राखेर अर्कालाई भएको जाडोको चिन्ता गर्नु, आफ्नो पेटको हेक्का नराखी अर्काको पेटको हेक्का राख्नु, सडकमा उभिएर सत्य र न्यायको स्वरहरू उराली हिँड्नु, एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु, जनताले चेतना भेट्ने खालका जनगीत, श्लोक र कविता स्वतःस्फुर्त रूपमा भन्नु, जनता पिरोल्ने पिराहाहरूलाई फुटेका आँखाले पनि हेर्न नचाहने त्यस्ता महापुरुष हुन- गम्भीरबहादुर थापा ।

‘क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा–

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ ।

गीतकार बिमल गिरीको गीतिसङ्गह ‘सम्झनाको तरेलीमा’ डुब्दा

  • by

जीवनको क्यानभासमा अनेकाँै रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिँगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा हुर्कैका हुन्छन् । यदि मानिसमा भावाना नुँदो हो त ऊ के हुन्थ्यो होला – मलाई प्रश्न गर्न मन लाग्छ । साँच्चै मानिसभित्र भावना नहुँदो हो त ऊ रङ्ग विनाको क्यानभासजस्तै हुँदो हो । एउटा रङ्गहीन जीवन कस्तो हुँदो होला – कसैले कल्पना गर्न सक्दैन त्यसैले म भन्छु – मानिसभित्र भावना भएर नै ऊ मानिस भएको हो अनि मानिसको इतिहास तयार भएको हो र शास्त्र लेखिएको हो ।

देवकोटाको पहिलो कथा उनको मने र म

  • by

महाकवि देवकोटाले साहित्यका अरू विधामा भन्दा काव्य (कविता, खण्डकाव्य, महाकाव्य)मा सङ्ख्यात्मक रूपमा बढी योगदान गरेकाले काव्यमा नै उनको बढी चर्चा-परिचर्चा हुने गरेको पाइन्छ । उनको योगदान नाटक निबन्ध, आख्यान (कथा र उपन्यास) समालोचना, बालसाहित्य, लोकसाहित्य र अनुवादसाहित्यमा पनि भएको विदितै छ ।

‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र शाकुन्तल, वनकुसुम आदि महाकाव्यहरूमा कविले विभिन्न कोणबाट प्रकृतिको महिमागान गरेका छन् ।

मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा

  • by

‘मुनामदन’ खण्डकाव्य महाकवि देवकोटाको लोकप्रिय कृति हो । यसको रचना वि.सं.१९९२ मा भएको थियो । यस खण्डकाव्य अद्यापि उतिकै प्रिय छ । नेपाली साहित्यमा सबभन्दा बढी बिक्री भएको पुस्तकको रूपमा यसले स्थान पाएको छ । यसमा सबैलाई छुने कविप्रतिभा मुनामदनमा अधिकतम प्रस्फुटित भएको पाइन्छ ।

नेपाली उपन्यासमा नवीन प्रयोग

  • by

आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास सलिजो कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै आएका मोहनराज जीवन र जगत्लाई गहिरो अन्तरदृष्टिका साथ पर्गेलेर क्लासिक्सको कोटीमा राख्न मिल्ने कालजयी कृतिको सिर्जना गर्ने कु श्रेणीका लेखक होइनन् ।

‘बर्दी’ पहिरिने जगदीश घिमिरे

  • by

उहिले उपन्यास, नाटकले अलि पहिले संस्मरणले उहाँलाई चर्चितै बनाएको हो । नेपाली साहित्यमा दरिलै उपस्थिति जनाउनुभएकै हो उहाँले । बीचको केही दशक हराए हराए जस्तै हुनुभएको उहाँ अहिले चर्चाको शिखरमा हुनुहुन्छ

आधुनिक मान्छेको कथा

यो कथासंग्रहको नामबाट यसभित्र रहेका कथा र तिनका विषयवस्तुबारे केही अनुमान गर्न सकिन्छ । ‘नीलिमा’ अर्थात् प्रेमको प्रतीक र ‘गाढा अँध्यारो’ अर्थात् प्रेमविरोधी अवस्था । अँध्यारोले जीवनको विरोध गर्छ, प्रेमको प्रतिपक्षमा बस्छ । अँध्यारोमा राम्रा काम हुँदैनन् । नकारात्मकता र विकृति अँध्यारोमा ज्यादा फस्टाउँछन् ।

मिथिलाञ्चलको पहिलो उपन्यास ‘दीना, भद्री र सलहेश’

  • by

साझा प्रकाशनको सूचीपत्रमा ‘दीना, भद्री र सलहेश’ नामक एउटा पुस्तकको नाम पढ्दा उत्सुकता जाग्नु अस्वाभाविक थिएन । जनकपुर शाखामा खोजबिन गरियो, पाइएन । त्यति बेलासम्म यो पनि बुझ्न सकिएको थिएन कि त्यो पुस्तक कुन विधामा लेखिएको हो ।

एउटी शरणार्थीको कथा

  • by

आफ्नो राष्ट्रियता र पहिचान गुमाउनु पर्दाको पीडा कस्तो होला ? हदै भए कल्पनासम्म गर्न सक्छौं हामी । यथार्थमा पीडा अकल्पनीय नै हुन्छ । त्यस्तै ध्रुव सापकोटाको उपन्यास ‘अकल्पनीय’ को घटनावस्तु एउटी यस्ती नारी पात्रसँग गाँसिएको छ जसले आफ्नो राष्ट्रिय पहिचान नै गुमाउनु परेको छ । निर्वासित हुनुपरेको छ । सुरुदेखि अन्त्यसम्म नै उपन्यासकी मूलपात्र पेमाको वरिपरि केन्दि्रत रहन्छ कथावाचन ।

बूढो रुखको सम्झना

  • by

छन त
खाली यी नीला सागर छन्
जसमा सलबलाइरहेछन् अनेक दुःखहरू
यो विरही क्षितिज छ
र केही उदास गीतहरू छन्
जो, तिम्रो सम्झनामा अनायसै आइदिन्छ

‘मनको मझेरी’मा बस्दा

  • by

नवराज सुब्बाको ‘मनको मझेरी’ -२०६४) वाणी प्रकाशनबाट प्रकाशित निबन्धसङ्ग्रह हो । यस कृतिको लोकार्पण २०६४ साल माघ २८ गते विराटनगरमा भएको हो । उक्त कार्यक्रममा सुब्बाको पुस्तक पनि वितरण गरिएको थियो, उपहार स्वरूप किताब दिनु राम्रो हो र मन फराक रहेछ भन्ने परिचय पनि हो । लोकार्पण गर्ने काम मात्र गर्ने र पुस्तक वितरण नगर्ने वृत्ति उस्तो राम्रो होइन, कन्जुसीको एउटा उपशाखा हो । तर नवराज सुब्बाले पुस्तक बाँडेर मनको मझेरीमा बसाएका छन्, अबको पुस्ताले मझेरी, पिढी, दलान, चौको बिर्सन्छन् भन्ने लागेको बेला मझेरीमा बसाइदिएर मन हलौं पार्ने काम गरेका छन् । हामी केटाकेटी उमेरमा मझेरीमा बसेर कालो ढिँडो दूधमा चोब्दै खान्थ्यौं, अब ती दिनको सम्झनाले स्वर्गीय आनन्द मिल्छ ।

आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन

  • by

उपन्यासको धरातलमा आज रमिता छ- जस्तो छुट्टै विशिष्टता बोकेको उपन्यासले एउटा अत्यन्त नवीन दिशा वा परिपाटीको सिर्जना गरेको छ। श्री इन्द्रबहादुर राईको औपन्यासिक (जीवन) पृष्ठाङ्कन कठपुतलीको मन जस्तै (सम्भवतः) छ। उहाँ भन्ने गर्नुहुन्छ- मैले देखें जीवन चलिरहेछ तर सुव्यवस्थित भई यो ठिक्क-ठिक्क मिलेर चलेको छैन। यो उपन्यासलाई मैले यसरी नै नमिलाएको छु। मैले जीवनलाई एक ध्येयता एक विशेषताको रसायनिक युद्धता तथा एकाग्र प्रगति देखिनँ। प्रेम जम्मै भावहरूको भाउ हो, यसलाई चलाएपछि जम्मै हाम्रा भाव-भावनाहरू जागेर सलबलाउँछन्। यसको पछि कुद्नेले पनि तर अनेक बीच-बीचमा अरू काम गर्छन्, जुन जीवन बुझ्नलाई उत्तिकै महत्वपूर्ण छन्।

संसारको अन्त्य

  • by

अंग्रेजीभाषी लेखिका सुषमा जोशीको केही महिनाअघि केही दिनको अन्तरालमा उनका दुई पुस् तक प्रकाशित भए, ‘आर्ट म्याटर्स’ र ‘द एन्ड अफ द वल्र्ड’ । ‘आर्ट म्याटर्स’ उनका नेसन पत्रिका (हाल बन्द) र कान्तिपुर अनलाइनमा प्रकाशित कलासम्बन्धी लेखको संगालो हो । तर यहाँ चर्चा गर्न खोजिएको पुस्तकचाहिँ उनको कथा संग्रह ‘द एन्ड अफ द वल्र्ड’ हो जसका ८ कथामा समकालीन नेपाली समाजको प्रतिबिम्ब भेटिन्छ ।

शिरीषको फूल उपन्यासमा पात्रविधान

  • by

नेपाली साहित्यमा चम्किलो ताराको रूपमा चम्किएकी पारिजात दार्जीलिङ जिल्लाको चियाबगानमा वि.सं. १९९० फागुन ३० गते जन्म भएको थियो । संखुवासभामा पुख्र्यौली घर भएकी विष्णुकुमारी वाइवा -पारिजात)को २०११ सालमा काठमाडौँ प्रवेश भयो । नेपाली साहित्यमा वि.सं. २०१२ देखि नै हलचल मच्चाउन सफल पारिजातको ‘शिरीषको फूल’ मदन पुरस्कार -२०२२) प्राप्त छ । जुन उपन्यासको अङ्ग्रेजी अनुवाद संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीमा पढाइ हुनु उनको विषेश सम्मान हो । हुरी बतासले रूखहरू हल्लाएझँै आधुनिक उपन्यास क्षेत्र हल्लाउन सफल ‘शिरीषको फूल’ उपन्यास घटना प्रधान हैन र यसको कथानक पनि सबल छैन ।

अनुभूति र प्रेमिल कुरा

  • by

परदेश अनुभव, मनमा गढेका सुक्ष्म अवलोकनका दृश्यपट अनि प्रेमिल तरङ्गहरुको तीव्र अनुभूति मिसाएर स्रष्टा दामोदर पुडासैनी किशोरले एउटा कृति ल्याएका छन्- ‘यात्राका प्रेमिल तरङ्गहरु ।’

दामोदर कवि हुन् भन्ने मात्र थाहा थियो । तर उनको यो गद्य साहित्य पढिसकेपछि उनी राम्रै गद्य पनि लेख्छन् भन्ने लाग्छ । जुन-जुन मुलुक घुमे ती मुलुकहरुमा उनले धेरै कुरा देखे र भोगे पनि । नयाँ अनुभवहरु बटुले । तिनै घटना र अनुभव र कृतिमा उतारेका छन् दामोदरले ।

बजगाईंको “हिउँको तन्ना” हेर्दा

आजको हाइकु-विस्फोट हेर्दा नेपाली साहित्यमा काव्य समृद्ध हुँदैजाने लक्षण सुस्पष्ट छ । यस लहरमा “हिउँको तन्ना” हाइकुसङ्ग्रह अगाडि आएको छ । कुष्ण बजगाईं साहित्यका सिद्धहस्त कवि हुन् भन्ने प्रमाण यस हाइकु सिर्जनाले प्रमाणित गरेको छ । कथाकार र नियात्राकारसमेत बजगाईं हाइकुकारमा उठेका छन् । बजगाईंका थोरै हाइकु सपाद देखिन्छन् भने धेरै हाइकु इमान्दारीसाथ बुनेर बजगाईंले बुलन्द बनाएका छन् । केही सेनरयो प्रकारका हाइकुले व्यङ्ग्य बलियोसँग बजारेका छन् ।

अग्निसूत्रको सौन्दर्य

लेखक जगदीश घिमिरेको ‘अग्निसूत्र’ नामक कविता संग्रह भर्खरै सार्वजनिक भएको छ । यसमा उनका २०२५ देखि २०६२ सालसम्म रचित कविता संकलित छन् । घिमिरेको यो पहिलो कविता संग्रह हो । यी कविता कुनै फुटकर, कुनै गीत र कुनै मुक्तक स्वरूपका छन् । यी कविताले आफ्ना कालखण्डका कटुतम यथार्थलाई प्रतिबिम्बित गरेका छन् ।