जीवनका लामा बाटाहरूमा यात्रा गर्दा जिम्मेवारी र कर्तव्यपूर्ण मोडमा कतिले खुट्टा कमाएर बाटो बिराए, कतिले बाटो हिँड् नेहरूलाई झुक्याएर छिर्के हाने र कतिले यस्ता विषम-यात्रालाई निर्भयपूर्वक गन्तव्यको किनारसम्म टेकाउन सक्षम भए ? पुरानो कालखण्ड हुँदै झन्डै एक दशकअघिसम्मको नेपाली साहित्य, कला र राजनीतिक फाँटको वृत्तान्त वर्णन गरेका छन्, इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक अतीतका स्मृति र अनुभूति -विश्वेश्वरदेखि वीरेन्द्रसम्म मा ।
आद्योपान्त पुस्तक अध्ययन गर्दा कतिपय कुराहरू पुनःस्मृत हुन थाल्छन् भने कति नयाँ प्रसंगहरू स्मृतिमा बास बस्न पुग्छन् । यस पुस्तकमा नेपालले मानिसका स्वभाव र चरत्रिको सफल शल्यक्रिया गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालालाई उनले राणाशासनको अन्त्य गराउनेदेखि पञ्चायती व्यवस्थाको जरा उखेल्नेसम्ममा प्रमुख भूमिका खेल्ने नायकका रूपमा चित्रण गरेका छन् । त्यसैले कोइरालालाई ओझेलमा राखेर नेपालको प्रजातान्त्रिक इतिहास लेखिन नसकिने किटानी गरेका छन् ।
यही प्रभाव र अनुभूतिले होला पुस्तकका प्रारम्भिक दुई परच्िछेदहरूमा कोइरालाकै प्रसंग उल्लेख गरेका छन् । उनका अनुभवमा कोइरालालाई नै लक्ष्यमा राखेर पञ्चायती राजनीति सञ्चालित थियो । त्यसैले उनको जति ठूलो विरोध गर्न सक्यो, त्यति नै ठूलो पुरुषार्थ ठानिन्थ्यो र मान-प्रतिष्ठा पाइन्थ्यो । उनलाई मृत्युदण्डको सजाय दिएर या अरू कुनै उपायले हटाउन सकिन्छ भन्नेमा सत्तासीनहरू मगज खियाउँथे । त्यसैले उनीमाथि देशद्रोह र अराष्ट्रिय तत्त्वका अनेकौँ मुद्दाहरू लगाइए । तर, उनी राजनीतिबाट ओझेल परेनन्, बरु उनको छवि झन् उज्यालिँदै गयो ।
एकल रूपमा २२ र संयुक्त रूपमा चारवटा कृति रचना गरसिकेका ज्ञानमणि नेपालले बीपी निर्वासनबाट २०३८ सालमा फर्केपछि उनको अभिनन्दन गर्न कस्िसएको साहित्यिक पत्रकार संघको संकल्पमा वचनबद्ध भएर पनि खुट्टा कमाउने अवसरवादी र व्यवस्थाविरोधी ठानेर हदैसम्मको कारबाही गर्न पछि नपर्ने शासकको किञ्चित पर्वाह नगरी आयोजना सम्पन्न गरी छाड्ने स्वनामधन्यहरूको नामनामेसी उनले खुलस्त रूपमा प्रस्तुत गरेका छन् ।
पुस्तकमा उनले बाबुराम आचार्यलाई बलियो स्मरणशक्ति भएको तर प्रमाण-स्रोत नभएका इतिहासकार भनेका छन् । योगी नरहरनिाथको प्रसंगमा एक ठाउँ भनेका छन्, “धार्मिक क्षेत्रमा काम गर्ने गोरखनाथका महन्त योगी नरहरनिाथले साँच्चै बाबुराम आचार्यको संगत नपाएका भए त्यस्तैउस्तै क्षेत्रमा रुमल्लिरहन्थे होला ।” नेपालका भनाइमा नेपालको इतिहास पिछडिएको कुरा बाबुरामले बोध गराएकाले नै योगीको कार्यक्षेत्र एक्कासि इतिहासतिर मोडिएको हो ।
उनले यस पुस्तकमा व्यक्ति र घटना गरी २४ वटा शीर्षकमा २ सय ९५ पृष्ठ खर्चेका छन् । उनले सूर्यविक्रम ज्ञवाली, केदारमान व्यथित, ईश्वर बराल, बालकृष्ण सम, डिल्लीरमण रेग्मीजस्ता साहित्य र इतिहासका प्रतिष्ठितहरूको मात्र होइन, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र पूर्वमन्त्री योगप्रसाद उपाध्यायको पनि खुलेर आलोचना गरेका छन् । केशवराज पिँडाली, धनवज्र बज्राचार्य र महानन्द सापकोटाको समालोचना गरेका छन् । बीपी कोइराला, सुवर्णशमशेर, गिरजिाप्रसाद कोइराला, योगी नरहरनिाथ र नयराज पन्तको मुक्त ढंगले प्रशंसा गरेका छन् ।
डिल्लीरमण रेग्मीले बीपी गृहमन्त्री हुँदा उनको खेदो गरेको सन्दर्भ कोट् याएका छन् । नेपालले अत्यन्त तल्लो स्तरमा उत्रेर गालीगलौज गर्नु र व्यक्तिगत रीसइवी साँध्ने, चरत्रिहत्या गर्ने र प्रजातन्त्रलाई कमजोर पार्ने खेलमा रेग्मी लागेको अभियोग लगाएका छन् ।
नेपालले बालकृष्ण समलाई अवसरवादी चरत्रिका रूपमा प्रस्तुत गरेका छन् र यही अवसरवादीपनले उनी ‘शमशेर’ काटेर ‘सम’ भएको उल्लेख गरेका छन् । समका बारेमा उनले एउटा तीतो प्रसंग उठाएका छन्, पुस्तकमा । चक्रपाणि चालिसेका छोरा लक्ष्मीनन्दनले परीक्षा पुस्ितकामा एउटा प्रश्नको उत्तर दिँदै राणाका विरुद्ध लेखेका थिए । त्यो पुस्ितका जाँच्ने समका कारण छ वर्ष कठोर जेलयातना भोग्दै उनको त्यहीँ मृत्यु भएको किटान गरेका छन् ।
अतीतका स्मृति र अनुभूति -विश्वेश्वरदेखि वीरेन्द्रसम्म)मा उनले आफू प्रज्ञा-प्रतिष्ठानको सदस्य हुँदाका तीताटर्रा अनुभवहरू चार परच्िछेदहरूमा पोखेका छन् ।
समग्र पुस्तक पढ्दा नेपालले आफूले लागेका कुरा उल्लेख गर्न कलम कमाएका छैनन् । धेरै प्रसंगहरू तीता छन् तर सत्य भएकाले ग्रहणीय छन् । तर, उनले आफू भोजपुरबाट ००४ सालमा राजधानी पसेको र नयराज पन्तकोमा अध्ययन गरेको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका छन् । विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित लेखहरूको संकलन गरी पुस्तकाकार दिइएकाले यसो हुन गएको होला । तर, पुस्तकमै समेट्दा यी प्रसंगहरूलाई एक ठाउँमा मात्र विस्तारपूर्वक चर्चा गरेर अन्यत्र शीर्षकहरूमा नदोहोर्‍याएका भए अझ पठनीय हुने थियो ।

नेपाल साप्ताहिक ३२७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *