रमण घिमिरे
कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू
कुनै युग थियो, आफ्नो साम्राज्य विस्तार गर्न विशेष लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडिन्थ्यो। त्यो घोडा जुनजुन देशमा जान्थ्यो, या त त्यस देशले हार स्वीकार गर्नुपर्थ्य या घोडा छोड्ने राज्यसँग युद्ध गर्न तयार हुनुपर्थ्य। एक वर्षसम्म यो क्रम जारी रहन्थ्यो र अन्त्यमा दिग्विजय प्राप्त गरेपछि ‘अश्वमेध यज्ञ’ गरी त्यही घोडालाई यज्ञमा बलि चढाइन्थो।
संवेदनाको कङ्क्रिटमा उभिएर
जब म झ्यालबाट बाहिर चिहाउन खोज्छु, सिमेन्टका बाक्ला जङ्गलहरूमा ठोक्किएर दृष्टि आफैँतिर फर्किन्छन् । कुनै बेला यही राजधानीलाई भानुभक्तले ‘अमरावती कान्तिपुरी नगरी’ भनेर स्वर्गको पनि शिरमा राखेका थिए । आज यो अमरावती धूँवा, धूलो र अनेकन प्रदूषणभित्र निसास्सिएर क्षयरोगी भएको छ । मान्छे त छन्, त्यसैले यसलाई बस्ती नभन्नु सार्थक नहोला तर मानिसभित्रको संवेदना अब राजधानीले समाहित गर्न नसक्ने भएको छ । राजधानी अब मानिसको चेतना र भावनाबाट बिस्तारै पाषण स्वभावमा रूपान्तरित हुँदैछ ।
कथामा महिला पीडा
पूर्वको सीमावर्ती द्वारमा लामो समयदेखि शिक्षण गर्दै आएकी भुवन सुब्बा खरेल सायद साहित्यमा अलि अघि नै आउनुपर्ने थियो। उनका नौवटा कथाहरूको सँगालो सेती नदीभित्रका सबै कथाहरूको विभिन्न भँगालाहरूलाई छिचोलेर किनारमा पुगेपछि यस्तो लाग्छ, उनका कथाले नेपाली समाजरिरसंस्कृतिमा हुर्किरहेको आजको गाउँलाई आफ्ना कथाभित्र कसिलोसँग बाँधेेकी छन्।
