Skip to content

लघु कथा

नयाँ सुट

  • by

पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।

विमोचन

  • by

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

जादुगरी डण्डा

  • by

एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

यो कुरा त्यस राज्यका राजाले थाहा पाए । जादुगरलाई आफ्नै दरवारमा बोलाएर उनको कला हेर्ने रुची जाग्यो । बोलेर मानिसहरुलाई लट्ठ पार्न सक्ने वाक्कला र वाक् चातुर्यता देखेर राजा छक्क परे । अझ एउटा जादुको छडीले आश्चर्यजनक काम गर्न सक्ने उनको कला प्रति राजा नतमस्तक भए ।

अनास्था

  • by

आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण अवस्था प्राचीन बहुमुल्य मूर्ति आदिको चोरी-चकारी चोरी गर्ने पापीहरुले सजाय नपाउनु शान्ति-सुरक्षाको अभाव जस्ता विषयमा गम्भिर छलफल गरी केही निर्णय गरे ।

राहत

  • by

भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए ।

मन्त्रीजी “अति पोषणयुक्त खानाबाट हुने मोटोपन र त्यसको रोकथाम” विषयक विदेशमा हुने गोष्ठिमा सहभागी हुन तारतम्य मिलाउँदै हुनुहुन्थ्यो । जीवनमा पहिलो भ्रमण त्यो पनि पश्चिमी मुलुकमा हुन लागेको थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा भ्रमण वापत पाईने आकर्षक भत्ताको लोभ उहाँमा स्पष्ट देखिन्थ्यो । मन्त्री भएपछि स्वयं मोटोपनको शिकार हुनु भएकोले कतै यसको उपचार उतै पो भैहाल्छ कि भन्ने अर्को आशा पनि थियो उहाँमा ।

समाचार

  • by

प्रमुख समाचार
– केही दिनदेखि खानामा अरुची भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानु भयो ।
– शिक्षा मन्त्रीबाट राजधानीमा भब्य समारोहका बीच एक फिल्मि पत्रिकाको बिमोचन गर्नु भयो ।
– धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षतिको निरिक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
– राजधानीको एक पाकेटमार प्रहीको फन्दामा ।
– राजधानीको एक होटलमा छापा मार्दा बेश्याबृत्ति कार्यमा संलग्न भएको आशंकामा एक जोडी युवायुवती पक्राउ ।

पेशागत प्रतिभा

उनीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।

पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।

तसबिरमा आत्मसंवाद

  • by

‘महाशय ! तपाईँ रिसाउनु भएको हो कि !’
‘रिसाउनुपर्ने प्रयोजन त देखिँदैन।
‘तपाईँलाई बोर गरेँ नि !’
‘म पराइसँग होइन आफूसँग नै रिसाउने गर्छु।’
‘अर्थात्…. आशयमा किन विरोधाभास….।’
‘म किन अरूलाई गलत मौका प्रयोग गर्न दिइरहेछु…यसरी।’ पार्श्वमा पटकपटक दोहोरिने एक पारदर्शी अनुभूति।
‘दुब्लाउनु भएछ, कस्तो सङ्कट आइपर्‍यो कुन्नि !’
एकपटक अर्थहीन स्वरले लचकदार वाक्यसित राख्‍ने झिनो शब्दसामर्थ्यमात्र।

शहर’यात्रा

  • by

उसका रुप कति थिए कसैलाई थाहा थिएन। ऊ आफ्ना केही रुप जङ्गलमै छाडेर शहर’यात्रामा निस्क्यो। शहर’यात्राको पहिलो दिन ऊ चौबाटोमा पुगेर उभियो। ऊ उभिएको बाहेक अरू बाटाहरू तीनतिर छरिएका थिए। ऊ आएको बाटो पहिल्याउँदै जाने हो भने सो अन्धकार जङ्गल पुगिन्थ्यो, जहाँ कुकुरडाइनाका काँढाहरूले जेलिएको अस्पष्ट बाटो थियो। उसलाई राम्ररी थाहा थियो शहर’यात्राअघि ऊ आएको अनकन्टार जङ्गलको बाटो प्रस्ट थिएन।