प्रतिविम्ब
विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको फ्रेम भएको ऐना आफैमा पनि उत्तिकै आकर्षक देखिन्थ्यो । ऐना छेउ भएर जति नै पटक ओहोर-दोहोर गर्दा पनि नहेरुँ भन्दा-भन्दै ऐना नहेरी मन मान्दैनथ्यो ।

