Skip to content

लघु कथा

एकता नगर

  • by

ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो ।
मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो ।
यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो । बाघले प्रस्ताव राख्यो ‘कस्ले कसैलाई भेदभाव नगरौँ, के कुकुर, के भेँडा, के घोडा सबै मिलेर बसौं, तेरो-मेरोको विभाजन नगरौं, मारामार नगरौं ।

नाता

  • by

‘एक्सक्यूजमी !’ ‘ओवर हेड क्रसिङ्ग ब्रिज’ मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । ‘जाने हो ?’ उसले सोधी । मैले ‘हो’ भनेँ । ‘होटल कि कोठा ?’
‘कोठा ……. । पूरै रातको एक हजार हुन्छ ?’

अबिराम श्रङ्खला

  • by

सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले । सबै आक्रोसित मजदुरहातहरु कसिला मुठ्ठी र ‘प्लेकार्ड’ होल्डरमा बदलिए ।सरकारी प्रतिनिधिको मध्यस्थतामा सम्झौता भयो । सबै ‘प्लेकार्ड’हरु स्टोरमा थन्काइए ।

सन्देश

  • by

फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए ।
‘आमा ! बुबा किन दसैंमा पनि घर नआ’को ?’ छोराले सोध्यो ।
गहभरि आँसु पारेर आमाले भनिन् ‘सानु तिम्रो बाबु शहीद हुन भो ।’

शहीदले बिर्सेको गाउँ

  • by

भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ ।

कर्म

  • by

इश्वरले मानवलाई राती आँखा छोपिदिएर जङ्गलमा छोडिदियो र भन्यो, “मानव, तँ कर्म गर ।”
त्यही दिनदेखि मानवले कर्मको बारे धेरै विचार गर्यो, अन्वेषण गर्यो । वास्तवमा कर्म के ? हो पत्ता लागेन । यत्रो विश्व जङ्गल फाँड्यो, आवादी गर्यो, चित्त बुझेन । ओडार खोज्यो, कुटी बनायो, गाउँ सहर बसायो, तैपनि चित्त बुझेन । वास्तवमा कर्म के हो?”

रङ्गशाला

  • by

कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क छोपेको छ । देखिएको छ त केवल पुरुषको अनुहार, भाषण गर्दा उदाइरहने उसको दाहिने हात । पुरुषको अभिनयप”र्ण भाषण यस प्रकार छ :

फागु आएछ !

  • by

तराईको ठूलो चाड, फागु आइसकेको थियो – क्यालेण्डर अनुसार !

तर कतै पनि फागुको चहक, चमक, चहलपहल, मोज मस्ती क्यै देखिंदैन । फागु पूर्णिमाको केही दिन अघि सडकमा एक्लै हिंड्दा म यस्तै सोचमा डुबेको थिएँ।

अकल्पित भोगाइ

  • by

“साहुनी …. दुइ कप चिया” प्रत्येक दिनको सूर्योदयको पहिलो झुल्काका साथसाथै उनका कानमा प्रतिध्वनित भइरहन्छन् यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । ‘साहुनी’ भन्नेबित्तिकै कहिले उनी आफैँ “कति कप चिया <" भन्न पुग्छिन् भने कहिलेकाहीँ "साहुनीले बनाएको चिया कति मीठो" भनिदिँदा फुरुक्क पर्छिन् । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन ।

एक घटना दुइ रिपोर्ट

  • by

म कुनै प्रज्ञा प्रतिष्ठानको एउटा ससानो पुरस्कार थाप्न काठमाडौं जाँदै थिएँ । बस पहाडको उकालोमा गर्भिणी महिलाझैं मन्द गतिमा चलायमान थियो ।

चारैतिर छरिएका प्राकृतिक छटा हेर्नमा म नराम्रोसँग निमग्न थिएँ । दुइ राम्रा पुतली कतातिरबाट उड्दै बसको अघिल्तिर होमिन आइपुगे । वर्तमान नेपाली राजनीतिको भाषामा; ती दुवैले वीरगति प्राप्त गरे ।

वेभक्याम्पको आकृतिविहीन पुरुष

  • by

वासन्ती लालिमा बोकेर धर्ती फुली, फक्री-आकाशले हेर्‍यो उसलाई बैंशले उन्मत्त भएकी धर्ती अदम्य वासना छरिरहेकी थिई । उसले बिस्तारै स्पर्श गर्‍यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी प्रेमका पालुवाहरू ! आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाले ती । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई । आकाश सधै धर्तीसँग रहन सक्दैनथ्यो ।

टाउको पचासलाखको

  • by

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।

बाँदरहरू खेती गर्दैनन्

  • by

धेरै जन्तुहरू एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुली साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरू हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान पनि डरमर्दो थियो । उनीहरू आफूआफैमा त दाह्रा हान्दै थिए भने हामी अर्का जातिकालाई के बाँकी राख्लान् –

आडमा बसी कठै भन्छौ त्यही हुन्छ छुरा

  • by

हेलो गाइने दाई के छ देशको हाल ?

के हुनु हजुर ! पूर्व पश्चिम उत्तर दक्षिण आगो दन्किरा’छ, छैन निन्द्रा भोक चैन हाहाकार भा’छ

उप्याँहरू उम्कदैछन् घान जुम्रा भा छ, मौका छोप्ने श्यालहरूले मुर्दा लुछ्न पा’छ ।

वास्तविक रूप

  • by

बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो ।

बुबा र बुबाहरु

  • by

‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो ।
* * *
‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ निधार खुम्च्याउँदै बस्यो ।

बाटैबाटो

  • by

ग प्रसाद नेताले देश यसरी हिँडनुपर्छ भनेर एउटा बाटोको खाका बनायो र काम सुरु गर्‍यो । उसले सुरु गरेको बाटोलाई विपक्षीले मन पराएन । बाटोको विषयलाई लिएर विवाद भयो, भनाभन भयो र झगडा पनि भयो ।

पीडा

  • by

हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । ढाड दुखेकोले हाकिम साहेबलाई सिरानी चाहिने भयो । हाकिमले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई एउटा नरम सिरानी किनेर ल्याउन अह्राए । ती कर्मचारीले लेखापाललाई सोको जानकारी गराए । “कहाँ सिरानी किन्न मिल्छ पछि बेरुजु निस्कन्छ ।” लेखापालले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई जानकारी गराए ।

घुम्ने कुर्सी

  • by

कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।

सुन्दरी प्रतियोगिता

  • by

यसपटक आयोजकहरु तीन छक्क परे । पूर्व सुन्दरी प्रतियोगिताका सुन्दरी एवम् सहभागीहरु नै यसपटकको सुन्दरी प्रतियोगिताको विरोधमा उत्रेको देखेर ।