Skip to content

महेश प्रसाईँ

ऐनामा चस्मा

आँखाको पनि रिदम हुन्छ
चस्मामा कति विश्वास छ,

ऐनामा सबै कुराहरू देखिँदैनन्
कमसेकम
तिम्रो ढाड देखिँदैन
पिठिउँ देखिँदैन
मेरूदण्ड देखिँदैन
कुर्कुच्चाहरू देखिँदैनन्,

देश र नागरिकता हराएर

  • by

ड्यासमा एउटा असांस्कृतिक पर्वको रिहर्सल भइरहेको छ। तयारी उत्सवमय छैन। कसैको विशिष्ट प्रवेश र कसैको ससम्मान बहिर्गमनलाई समारोह बनाउन सकिन्छ। यो त्यही समारोह हो, जहाँ न्यूनतम आवश्यकताका पात्रसंख्यामा यस्तै केही भइरहेको छ।

सिसिफस यत्न

  • by

अनुभूतिको नदीमा छु ।

लाग्छ, जोखिममा छ अनुभूतिको सम्पूर्णता पनि । अखण्ड दुस्साहसहरूले प्रहार गरेका छन् । संवेदनाको सारसौँदो स्वरूपमाथि ।

तसबिरमा आत्मसंवाद

  • by

‘महाशय ! तपाईँ रिसाउनु भएको हो कि !’
‘रिसाउनुपर्ने प्रयोजन त देखिँदैन।
‘तपाईँलाई बोर गरेँ नि !’
‘म पराइसँग होइन आफूसँग नै रिसाउने गर्छु।’
‘अर्थात्…. आशयमा किन विरोधाभास….।’
‘म किन अरूलाई गलत मौका प्रयोग गर्न दिइरहेछु…यसरी।’ पार्श्वमा पटकपटक दोहोरिने एक पारदर्शी अनुभूति।
‘दुब्लाउनु भएछ, कस्तो सङ्कट आइपर्‍यो कुन्नि !’
एकपटक अर्थहीन स्वरले लचकदार वाक्यसित राख्‍ने झिनो शब्दसामर्थ्यमात्र।