Skip to content

वैयक्तिक निबन्ध

समाधिस्थ प्रश्न-सप्तर्षिका

  • by

बीस-एकाइस वर्षे जीवन । जीवन हो कि जोवन ? थाहा थिएन । विनाकाम नचल्ने जीवन ! काम गर्नै पर्छ । काम जीवन गुजारा पनि । अध्यवसाय पनि । जसोतसो जिउने मेसो गुजारा । बाँचेझैँ बाँच्न अध्यवसाय । जसोतसो गुजारा गाँस्नु ? लाग्छ कठै निरीह जीवन । निरीह जीवन जहाँ ज्यान हुन्न जीवन्तता बोकेको । खटनपटन अधिनस्थ जीवन । कसैको ध्यानमा आफूले जप्नु । जसोतसो गुजारा । हरेराम ! हरेकृष्ण ! अलिकति प्रसाद ।

कति ओटा म !

  • by

गोरखापत्र संस्थानको सन्तान ‘मधुपर्क’, म ‘गोरखापत्रको पुरेत’ ! तपाइँहरूले बिर्सिसकेको भए सम्झाऊँ । उहिल्यै, आधा शताब्दीअघि मलाई ‘पुरेत’ भनी वरण गरेका हुन् त्यसबेलाका ‘सम्पादकबाजे’ प्रेमराज शर्माले । त्यस पुरेत्याइँलाई थमौती गर्दै गए गोपालप्रसाद भट्टराई, दाताराम शर्मा र भैरव अर्यालजस्ता ‘बाजे’हरूले ! गणतन्त्र आएपछि बडागुरुज्यूत्व खारेजीमा पर्‍यो, मेरो पुरेत्याइँ पनि के अड्थ्यो ? गयो ।

उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ

  • by

दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ?

तस्बीर

  • by

मलाई सबभन्दा ‘मै’ मन पर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ । यसैले मलाई खूब प्यारो लाग्ने र सुन्दर देखिने ‘म’ यथार्थ मेरो आफ्नो मुख र रूप खूब हेरिरहेर धेरै काल बाँचिरहने इच्छा छ । धेरै जना साथीहरूले मसित धेरैचोटि सोधिसकेका छन्- ‘तिमीलाई सबभन्दा मन पर्ने के हो ? मैले सधैँ सबैलाई खालि यही जवाफ दिने गरिरहेको छु- ‘मलाई सबभन्दा ‘मै’ मनपर्छ, मै प्यारो छ र मै सुन्दर लाग्छ ‘ मलाई भारी गजब लाग्छ, मेरा यी जवाफ सुनेर धेरै जसो मानिस मलाई स्वार्थी र मुर्ख भन्दछन् । जल्ले जे भनू्न् मलाई के पर्वाह छ ? खाँचो छ र आफ्नो रुचिलाई बेचेर, दबाएर दुनियाँको खुशका निम्ति मरिरहूँ ?