समाधिस्थ प्रश्न-सप्तर्षिका
बीस-एकाइस वर्षे जीवन । जीवन हो कि जोवन ? थाहा थिएन । विनाकाम नचल्ने जीवन ! काम गर्नै पर्छ । काम जीवन गुजारा पनि । अध्यवसाय पनि । जसोतसो जिउने मेसो गुजारा । बाँचेझैँ बाँच्न अध्यवसाय । जसोतसो गुजारा गाँस्नु ? लाग्छ कठै निरीह जीवन । निरीह जीवन जहाँ ज्यान हुन्न जीवन्तता बोकेको । खटनपटन अधिनस्थ जीवन । कसैको ध्यानमा आफूले जप्नु । जसोतसो गुजारा । हरेराम ! हरेकृष्ण ! अलिकति प्रसाद ।
