कमल दीक्षित

खै के भन्ने आमालाई

  • by

यसपालि हिमाल ले ‘नेपाली आमा’ भन्ने विषय छान्यो रे दशैं अङ्कका लागि। सधैंझै मलाई पनि केही लेख्ने कि? भनेर सोधियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फेरि पनि अधूरो र अपूरो

  • by

“मधुपर्कको ५०० औँ अङ्क निस्कँदै छ, कमलबाबु” श्रीओम रोदनले फोनमा भन्नुभयो । अमेरिकासम्म पुगेर तरमारेर फर्केका रोदनलाई मैले झर्केर अङ्ग्रेजीमै सोधेँ- ‘सो हृवाट !’ अनि पूरकको रूपमा थपेँ- “मेरो ‘नेपाली’ पनि कम छैन, ५२ औँ वर्षको भैसक्यो क्या !” रोदनले ओठे जवाफ फर्काए-” तपाईंको ‘नेपाली’ भर्खर २०० अङ्क निक्ल्यो, हाम्रो ‘मधुपर्क’को हामी ५०० अङ्क निकाल्ने तर्खरमा छौँ । तपाईंले हामीसँग फूर्ति गर्ने ?” अवश्य, मेरा मित्र रोदनले त्यति खस्रो भाषामा त्यसो भन्नुभएको थिएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कति ओटा म !

  • by

गोरखापत्र संस्थानको सन्तान ‘मधुपर्क’, म ‘गोरखापत्रको पुरेत’ ! तपाइँहरूले बिर्सिसकेको भए सम्झाऊँ । उहिल्यै, आधा शताब्दीअघि मलाई ‘पुरेत’ भनी वरण गरेका हुन् त्यसबेलाका ‘सम्पादकबाजे’ प्रेमराज शर्माले । त्यस पुरेत्याइँलाई थमौती गर्दै गए गोपालप्रसाद भट्टराई, दाताराम शर्मा र भैरव अर्यालजस्ता ‘बाजे’हरूले ! गणतन्त्र आएपछि बडागुरुज्यूत्व खारेजीमा पर्‍यो, मेरो पुरेत्याइँ पनि के अड्थ्यो ? गयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ठूलो घर

  • by

त्यसो त त्यो घर ठूलै थियो सामान्य नेपाली घरभन्दा। चोकको चौगिर्दा घर थियो। साथै थप-घर, पुलघर र चौर, बारी, गोठ, तबेला अनि मोटर ग्यारेज समेत थिए। तर त्यसलाई आकारले मात्र ठूलो घर भनिएको होइन। अनेकार्थी थि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथा दादाको

  • by

‘दादा’ को पनि एउटा कथा छ । तर यो कथा– किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो ।

एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ ? पाइने देखेँ मैले यही दादाको कथा हाल्दा । नेपालीमा दादा शब्द छ कि छैन ? भए कताबाट आयो ? कि कतैबाट नआएको रैथाने शब्द हो यो ? खोजिपस्ने काम विद्वान्हरूको हो । यहाँ त कुरा उप्काइदिएको मात्र हो, बसिबियाँलो । भए पनि; कुरा उप्काएपछि अलि बाटो पनि लगाइदिनुपर्छ, नत्र कसैले चाख लिँदैनन् । त्यसैले म अलिकति छामछाम छुमछुम गर्दैछु यस विषयमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किस्सा एक जुझारुको

  • by

२००२ सालमा भरत शमशेर त्रिचन्द्र कलेजमा बीएको तेस्रो वर्षमा पढ्दै थिए । २००७ साल आउन निकै दिन बाँकी थियो । शक्तिशाली कमाण्डिङ् जेनरल बबरशमशेरका नाति भरत उसै बेलादेखि जुझारु स्वभावका थिए । ‘शारदा’मा लेख लेखेर बालकृष्ण, लेखनाथहरू जस्ता हस्तीको भाषालाई गिज्याउने र ‘निरीह’ बोधविक्रम (अधिकारी)को दन्त्यकथाको भाषालाई सर्‍हाउंदै ‘हामी कता -‘ भन्ने लेख लेख्ने ‘विद्रोही’ भैसकेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बालकृष्ण सम बिर्सने? बिस्रने एउटा प्रशंसकको सम्झना

  • by

महाकवि देवकोटा महान् थिए- ठूला कवि र साँच्चै श्रद्धेय व्यक्तित्व । म विद्यार्थी बेलादेखि नै ‘देवकोटाभक्त’ भनी दरिएको मान्छे पनि हुँ । तर अचेल मलाई के लाग्न थालेको छ भने देवकोटामाथि भक्ति देखाउँदा-देखाउँदै हामी नेपालीले लेखनाथ र समलाई बिर्सिन थाल्यौँ कि क्या ! कविशिरोमणिको कुरा छाडूँ ऐले उनका बारे छुट्टै लेखौँला । ऐले सन्दर्भ ९९ औँ जन्म दिन २४ माघ परेकोले समको कुरा गरुँ भन्दैछु म । सम जस्तो प्रतिभाशाली नेपाली यो देशले जन्माएको छैन शायद सय वर्षयता ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कवि शिरोमणिको “ए नेपाल!”

  • by

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चिठीले जुराइदिएको मित्रता

  • by

परापूर्वकालमा (कथित कलिगत वर्ष ३६७६ मा) नेपालखाल्डोका एकजना राजा (भक्तपुरका नरेन्द्रदेव) एकजना तान्त्रिक (कान्तिपुरका बन्धु आचार्य), कर्कोटक नाग र एकजना किसान (ललितपुरका ललित ज्यापू) ले संयुक्त रूपमा आसामयात्रा गरेका थिए, यद्यपि, त्यसबेला त्यस क्षेत्रको नाम आसाम थिएन, कामरुपीठ थियो। ती चारजनाको यात्रा सोद्देश्य थियो। मत्स्येन्द्रनाथलाई लिएर आउन भनी उनीहरू त्यता लागेका थिए। उनीहरू कुन बाटो, कति दिन लगाएर त्यहाँ कैले पुगे र कसरी फर्के त्यसको कुनै लेखाजोखा छैन, तर दुई–तीन पटकको असफलतापछि बल्लबल्ल उनीहरू मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याउन सफल भए भन्ने चाहिँ देखिन्छ। भमराका रूपमा एउटा सुवर्णकलशमा थुनेर उनीहरूले मत्स्येन्द्रनाथलाई यहाँ ल्याइपुर्‍याए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनौला ५० वर्ष

  • by

ज्योतिषमा ‘अङ्कानाम् वामतो गतिः’ भन्छन् अर्थात् अङ्कहरू वामपन्थी हुन्छन् रे । त्यसैले मदन पुरस्कारको चर्चा गर्दा हामी पनि प्रगतिशील भएर एकै छिन अङ्कमा अल्मलिऊँ । यहाँ ‘अल्मलिऊँ’ भनेको व्यञ्जना मात्र होइन, अभिधा पनि हो । भन्नाले मदन पुरस्कारको अङ्कमा कुरा गर्दा साँच्चै अलमलमा परिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •