Skip to content

तेजेश्वरबाबु ग्वंगः

स्वस्थानीका सूक्ष्म प्रसंग

पौराणिक व्रतकथा स्वस्थानी शालीनदीसित आबद्ध एक शालीन कथाझैं लाग्न थालेछ। वाचन गर्दै गर्‍यो, वाचन वाचाका ब्रह्म विवेकिन थाल्छ।

अभिषेक स-सम्मान ! ५०० पूर्णाङ्की मधुपर्कलाई यो !!!

  • by

पुर्खाले झोपडीलाई जीवन आश्रम मान्न नसकेको भए ? मन खुल्दुलिन्छ । मन खुल्दुलिनु ! के ? सोधेँ, आफैँसित । भन्न थाल्छ मन । मन खुल्दुलिनु त चासो उर्लिनु पो रैछ । एक अर्थमा । अनेक कोण र आयाम बोक्छ यो खुल्दुलिनुले । सरोकारले तानातान गर्दै गर्‍यो । त्यो सरोकार सान्दर्भिक थियो । परिवेशमूलक सरोकार थियो साहित्यिक पत्रकारिता ।

भानु चेत जयन्तीमा बाहुन बनाइँदा

  • by

२०६७ आषाढ २९ मङ्गलबार। भानु जयन्ती । भानु चेतलाई बोकेर घर बाहिरिएँ । बिहान ९ः३० तिरै । भक्तपुर, कान्तिपुर, ललितपुर, तीनधाम । यमपुर अन्तिम धाम । यमपुर सायद भानुको पनि पुर । साझा पुरस्कार वितरण त्यही दिन पारिएको । कृष्णचन्द्रसिंह प्रधान साझाको पूर्व अध्यक्ष व्यवस्थापक । दिवंगत प्रधान प्रति १ मिनेट मौन श्रद्धाञ्जली अर्पण । त्यसै अवसरको औसर बन्यो । साझा प्रकाशनले प्रधानप्रति अर्पेको मौन श्रद्धाञ्जली । भानु चेतभित्रबाट टप्केका श्रद्धाभाव । लोकको गरौँ हित भनी ।

समाधिस्थ प्रश्न-सप्तर्षिका

  • by

बीस-एकाइस वर्षे जीवन । जीवन हो कि जोवन ? थाहा थिएन । विनाकाम नचल्ने जीवन ! काम गर्नै पर्छ । काम जीवन गुजारा पनि । अध्यवसाय पनि । जसोतसो जिउने मेसो गुजारा । बाँचेझैँ बाँच्न अध्यवसाय । जसोतसो गुजारा गाँस्नु ? लाग्छ कठै निरीह जीवन । निरीह जीवन जहाँ ज्यान हुन्न जीवन्तता बोकेको । खटनपटन अधिनस्थ जीवन । कसैको ध्यानमा आफूले जप्नु । जसोतसो गुजारा । हरेराम ! हरेकृष्ण ! अलिकति प्रसाद ।

देवकोटाः जीवन्त कविता !

  • by

एकै देवकोटा अनेक भइदिन्छ । प्रत्येक कवितामा लक्ष्मीप्रसाद देवकोटा आफैँ अस्तित्व बनेर फुकिदिन्छ । लाग्छ, देवकोटाका फक्र्याईमा म नि मुस्काइरहेको हुन्छु । लाग्छ, उनका कवितामा ब्रहृम-विवेकका स्वानुभूति हाँसिदिन्छ मुसुक्क । मुसुक्क ओठहरूका फक्र्याईमा देवकोटा ः जीवन्त कविता बनिदिन्छ । कहिले कण्ठाग्र पारिदिन्छु महाकवि देवकोटा-सिर्जनाका वाणीहरूलाई । कहिले स्वरभरि गीत गाइदिन्छु! ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?’

मनभित्र देवकोटा छचल्किँदा

  • by

छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ । न गहिराइ । न आकार । न प्रकार । शून्यमा शून्यसरी बिलाउने मानिस । शून्यमा शून्य जस्तै आकाश । न यसको छ ब्यास । न कुनै प्यास । छिल्लिन खोज्यो छिल्लिन्न । यो हर्मन हेसले अपन शङ्कर लामिछानेको प्याज माथिको अमूर्त चिन्तनभन्दा भिन्न । हर्मन हेसले मान्छेलाई प्याजसित तुलना गरे ।

खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

  • by

कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । बुझी नसक्नु । रूपान्तरण-परिवर्तन । रूपान्तरणकै क्रममा परिवर्तन भेटिन्छ । कहिले खुट्टामा म, मेरोमा खुट्टा कहिले । खुट्टामा हिँड्ने उसित ऊ हिँडिरहन्छ खुट्टासितै । उसको खुट्टा हो या ऊ खुट्टाको ।