वैयक्तिक निबन्ध
भर्खर हाईस्कुल सके पछीको बास्तबिकता…
यो कसैको बास्तकीक जिबनसगं मेल खाएमा संयोग मात्र हुनेछ ।
मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै रहस्य नहुदोहो सायद त्यसैले म भदौरे मकै झै कसैको अँगेना वा कसैको मकलमा पिल्सीदैछु ।
कथाकथित पात्रको प्रदेशमा
स्वप्ननगरी, स्वप्नद्रष्टाहरूको यथार्थ नक्कलीपनाभित्रको अन्तरद्वन्द्व र चलचित्र क्षेत्रको अति रोचक चित्रण प्रस्तुति नायिका मीनाकुमारी, निर्देशक बीआर चोपडा, उपन्यासकार राही मासुम रजा, गायक उदित नारायण पाकिजा फिल्मको जीवनको उत्कृष्ट प्रेमदर्शन, भारतीय महिलाहरूको औसत व्यवहार, भारतीय देश, कालअन्तर्गतको रचनागत वातावरणको तुलना भारतीय पूर्वोत्तरमा मेरो बुझाइको सीमाभित्रका कुराहरू अत्यन्त गाम्भीर्ययुक्त छन् । धन्यवाद प्रकाश दाइलाई यस्तो रचना पढ्ने अवसर प्रदान गर्नुभएकोमा ।
बिर्सिइने चलनः डरलाग्दो सँस्कृति
मधुपर्क वि.सं. २०६७ पुस (अङ्क ८ पूर्णाङ्क ४९९) पल्टाउँदा ४३ वर्ष अगाडि आफू पाठक बनेको झझल्को भयो । ‘गोरखापत्र’ हाम्रो घर लुञिटेल भन्ज्याङ (गोर्खा सदरमुकामबाट पश्चिम दरौँदी पारि चारकोश टाढा) उस बेलाको एक मात्र जिल्लाको हुलाक (भोगटेनी हुलाक)बाट हजुरबुबा खर्दार पुष्पराज देवकोटालाई हलकाराहरू गोरखापत्र पुर्याउँथे ।
‘घर’ -कथात्मक निबन्ध
मलाई सम्झना हुँदा हामी मुलघरको बाहिरपट्टि छेउमा जोडिएको सानो पखेटे पालीमा बस्थ्यौँ । त्यसलाई सबैले ग्वागल भन्थे । तराइको लामो समयको गृहस्थी बोकेर बाबाआमा हामी दुई बच्चा च्यापेर मुलघर पहाड फर्केदेखि त्यही ग्वागलमा बस्न थालेको रे । भित्ताको काउलेलेक माथिबाट दिउसो मध्यान्हमा एकैछिन एक झुल्को घाम पोखिएपछि तुरुन्तै देउरालीको डाँडाँले छेको पारिहाल्थ्यो । त्यै एकछिनको न्यानो घाम अनि बाँकीको सेपिलो त्यही पखेटे ग्वागललाई मैले जीवनमा प्रथमपटक घर भनेर चिनेँ ।
खोइ किन हो कुन्नि ! मलाई बुझ्ने भएदेखि नै ‘घर’ शब्द सँग निकै आकर्षण थियो, आत्मीयता थियो । उसो त घर नरुचाउने कुन प्राणी होला ? तर मलाई अलिक बेसी नै आत्मीय लाग्थ्यो शायद । अँ म ग्वागलको कुरा गर्दै थिएँ, त्यो सानो पखेटे ग्वागल, सांघुरो ग्वागल तर मेरो प्रिय ग्वागल । त्यो मेरो थियो । हाम्रो थियो ।
अंशको मामिलामा के खट्पट परेछ भाइ-भाइमा कुन्नि ! एक दिन बाबाले हामी सबैलाई घिच्याउँदै बेसी फाँटमा झार्नुभयो । म निक्कै रोएँ त्यसबेला । “बाबा ! ग्वागल पनि बोकेर लैजाउँ न ! बेसीमा !” भन्दै रुन्थेँ भनेर आमा अझै पुराना दिन सम्झाउनुहुन्छ कहिलेकाहीँ । बेसी झरियो, सँगै हाम्रो घर पनि झर्यो । उस बेला अभावले उन्मत्त पखेटा हालेको थियो शायद, मकैको ढोडले बारेको झुपडीमा लगभग दुई साल हामीले टाउको लुकायौँ । त्यही झुपडी फेरि मेरो अर्को घर बन्यो । घर त के थियो, गतिला चार ओटा बाख्राका पाठा सजिलै हलचल गर्न नसक्दा हुन् ।
बुई
केटाकेटीहरू बुई बोकी खेल्दैछन् ।
कक्षा कोठामा विद्यार्थीहरूसँग ज्ञानको बुई बोकी खेलिरहेका मेरा आँखा बारम्बार त्यतातिर ठोक्किइरहेका छन् । मेरो मस्तिष्क कक्षा कोठाका गतिविधिमा केन्दि्रत छ, तैपनि कुनै शून्य समय निकालेर त्यतातिर झटारिँदै पनि छु र दाँज्दै छु मनमनै- तिनको बोकी खेल र मेरो बोकी खेलमा भिन्नतै के छ र ? उस्तैउस्तै ? आखिर म पनि त बोकी खेल्दै छु, मेरा अघिल्तिर बसिरहेका दर्जनौँ मस्तिष्कलाई ।
गुरू दक्षिणा !
मानिसहरू ख्याल ख्याल मै जीवन बिताए भन्दछन्, जुनी बिताएँ भन्दछन् । हेर्दा र सोच्दा हो जस्तो लागे तापनि जिन्दगीको पाश्र्व छायाँमा उभिएका दुःख, करूणा, वेदना, छट्पटी, त्रास र खुसीहरूले गर्दा जिन्दगी बिताउनुको स्वाद नै अर्को हुँदोरहेछ, अनौठो हुँदोरहेछ, अपत्यारिलो हुँदोरहेछ । त्यसमा पनि सुख माथिको खुसीभन्दा पनि पीडापछिको खुसी निकै नै स्वादिलो र गहकिलो हुँदोरहेछ ।
असली शिष्यत्व
महामुनि दत्तात्रेयले ब्रहमाण्डका चौबीसवटा बस्तु तथा जीबहरूलाई गुरु स्वीकारेका थिए । उनले थापेका गुरुमा पृथ्बी, जल, बायु, आकाश, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुुतली, भँबरा, मौरी, हात्ती, मृग, माछा, बेश्या, चिल, वालक, कन्याकेटी, वाण बनाउने मानिस, सर्प, माकुरो, कुमालकोटी थिए । प्रकृतिका यी गुरुबाट उनले सकारात्मक शिक्षामात्र लिएनन् कतिपयलाई नकारात्मक शिक्षाको निम्तिमा पनि उपयोग गरे । उदाहरणको लागि पुतलीलाई लिन सकिन्छ । सुन्दरता र प्रकाशको पछाडि अति मोहित भएर झुम्ंिमदा बत्तीमा डढेर मर्नुपर्छ; त्यसकुराबाट उनले साबधानीको शिक्षा लिएका छन्, कुनैपनि कुराप्रति अति मोह र अति आकर्षण सुखद नहुने शिक्षा अबलम्बन गरेका छन् । यसैगरी माछा, स्वादको आशक्तिले बल्छीमा उनिन पुग्छ । मौरी अति संचयको कारणले मान्छेको मशाल बाट झोसिन्छ । मृग आफ्नै श्रवणइन्द्रिय कानको आनन्दको निम्ति घण्टीको आवाजमा एकोहोरिंदा शिकारी र शिकारी कुकुरको फन्दामा पर्छ ।
पुराणमा दात्तात्रेयले असल खराब दुबैखालका चिजहरूबाट शिक्षा लिए झैं हामीले पनि हमेसा खराब, दुष्ट र नकारात्मक चिजहरूबाट शिक्षा लिन सक्नुपर्छ भन्ने कुरा निकै सारगर्वित छ । नत्र बेश्या, सर्प, अजिंगर र माकुरो जस्ता बस्तुहरू बिधायक रुपमा भन्दा पनि नकारात्मक अर्थमा हामी तिनलाई बढी उपेक्षा गर्ने गर्छौ तर ती चिजहरूबाट पनि निकै महत्वपूर्ण शिक्षा लिन सकिने रहेछ भन्ने कुरा पौराणिक आख्यानले देखाएको छ ।

शाश्वत सत्य,