Skip to content

सामाजिक कथा

क्यामराम्यान

चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राति घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चाँडै हिँड्नु छ, कार्यक्रमस्थलको लोकेसनका बारेमा सोचिरहेको छु,” प्रश्नको जवाफ होइन, उसले आफू मौन रहनुको कारण बतायो । ऊ टेलिभिजनको क्यामराम्यान जो करिब दुई दशकदेखि टेलिभिजन च्यानलको समाचारकक्षमा काम गरिरहेको छ ।

लोप जीन

श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

जिउँदो बाजेको किरिया

  • by

हिउँदको महिना । रात कालो र लामो । साँझ खसिरहेको समय । लक्ष्मण कोठामा भित्रिन्छ र मलाई अभिवादन गर्छ । म बस्ने ईशारा गर्छु, कारण, लेखिरहेको छु । केही पङ्‌क्ति लेखिसके पश्चात् सोध्छु ।
“कहाँबाट आइस् ?” (ऊ मेरो भाइ हो ।)
ऊ उत्तर दिन्छ “घरैबाट” (घर शिवगन्ज हो ।)
“किन यतिबेला आइस् त अलि चाँडै आउनु पर्दैन।” म दाइ भएको अहम् घोल्छु ।
“एउटा खबर लिएर आएको।” ऊ बोल्छ ।

सिम्ले साइँलो

  • by

यस वर्ष परेको साउने झरीले सातो-दस दिनदेखि काठमाडौँलाई आक्रान्त पारेको थियो । रातदिनको पानी, हिलो र पत्रिकाको कामको चाप सबै मिलेर मनलाई त्यसैत्यसै दिक्दार बनाएका थिए । पत्रिकामा सम्पादकीय टीमबीच एकरात कतै रमाइलोमा बिताउने निधो भयो । म ठमेलको रात्रिजीवनको अनुभव लिने सुरमा थिएँ । तर, सम्पादकले भ्यालीबाहिर कतै जान जोड गरे । मालिक र सम्पादक दुवैका रूपमा हाम्रो सार्वभौमसत्ता उनमा निहित हुने नै भयो, त्यसैले उनको इच्छा बलशाली सावित भयो । साँझ नपर्दै पत्रिकाको गाडीमा हामी नागढुङ्गाबाट बाहिरयिाँै ।

कति दिन पो बित्छ र यस मान्छेसँग ?

मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन थालेको थियो। छिट्टै रिस उठ्ने वा झ्वाट्टै खुसी हुने जस्तो मनस्थिति बन्न थालेको थियो। फूलहरू मन पर्न थालेको थियो, कहाँकहाँदेखि खोजेर ल्याएर फूल रोप्‍न थालेकी थिएँ। आमासँग गनगन गर्दै लुगाहरू थप्‍न थालेकी थिएँ। साथीहरूलाई कर गरेर एक दिन मैले पनि ”ब्युटी पार्लर” पुर्‍याइमागेँ र अनुहार, कपाल, रौँहरू मिलाइमागेँ। हेर्दाहेर्दै ऐनामा म त अर्कैजस्ती देखिन थालेँ।

भैंसी र मान्छे

  • by

आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी ।