Skip to content

साहित्यिक खोजपत्र

विशिष्ट नाटक/एकाङ्कीकार गोठाले

  • by

वि.सं. १९७९ साल असार २५ गते पिता ऋद्धिबहादुर मल्ल र माता आनन्दकुमारी मल्लका जीवितमध्येबाट जेठा छोराका रूपमा ओमबहाल दफ्तर, काठमाडौँमा जन्मिएका जयबहादुर मल्ल आधुनिक नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठालेका नामबाट सुपरिचित छन् ।

मनोविश्लेषक गोठालेको औपन्यासिक देन

  • by

नारी मनको अन्तर्द्वन्द्व, कुण्ठा र सँवेगात्मक अनुभूतिलाई उपन्यासमा तिव्रतर अभिव्यक्ति दिने सर्जक गोविन्दबहादुर मल्ल मानिन्छन् । उनी स्व. कवि वीरबहादुर मल्लका नाति, ‘शारदा’ पत्रिकाका सम्पादक ऋद्धिबहादुर मल्लका छोरा हुन् ।

गोविन्द गोठालेको कथाकारिता

  • by

नेपाली भाषा साहित्यका अनन्य सेवी सुप्रसिद्ध साहित्यकार ऋद्धिबहादुर मल्ल र उनकी पत्नी आनन्दकुमारीका ज्येष्ठ सुपुत्र गोविन्दबहादुर मल्लको जन्म वि.सं. १९७९ असार २७ गते काठमाडौँको पाको पोखल्ड्याङ्गमा भएको थियो । विजयबहादुर फत्तेबहादुर र हिक्मतबहादुर, उनका भाइहरू हुन् भने शान्ति मल्ल उनकी बहिनी हुन् ।

नेपाली साहित्यमा मधुपर्क पत्रिकाका विशेषाङ्कहरूको योगदान

  • by

प्रस्तुत कार्यपत्रमा गोरखापत्र संस्थानबाट प्रकाशित नेपाली साहित्य र विविध विषयको मासिक पत्रिका मधुपर्कका विशेषाङ्कले नेपाली साहित्यमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरिएको छ । यसका लागि २०२९ सालदेखि २०६७ सालसम्ममा मधुपर्कले प्रकाशित गरेका जम्माजम्मी ४३ ओटा विशेषाङ्कको सर्वेक्षण र विश्लेषण गरिएको छ । यसले साहित्यिक विधा, सान्दर्भिक विषय र अन्तरविषयक अध्ययनलाई प्रोत्साहन गर्ने गरी विभिन्न विशेषाङ्कहरू प्रकाशित गरेको पाइयो । प्रारम्भमा राजा-रानीको जन्मोत्सवलाई विशेषाङ्क प्रकाशनको अवसर बनाए पनि २०५० सालदेखि यसले आफ्नो अङ्क एक सुरु हुने जेठ महिनालाई मुख्य आधार बनाउन खोजेको देखिन्छ ।

मधुपर्कका पाँच सय अङ्कका सम्पादक तथा सम्पादकीय अध्ययन

  • by

नेपाली पत्रत्रिकाहरूको प्रकाशन परम्परालाई हेर्दा सर्वप्रथम विक्रम संवत १९४३ सालमा भारतको बनारसबाट युवककवि मोतीराम भट्टको सम्पादकत्वमा गोर्खाभारत जीवन पत्रिका प्रकाशित भएको देखिन्छ । त्यसको एक दर्जन वर्षपछि वि.सं. १९५५ सालमा नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका सुधासागर हो । यो पत्रिका नरदेव मोतीकृष्ण शर्माको सम्पादकत्वमा प्रकाशित भएको हो ।

साहित्यिक पत्रिकारितामा मधुपर्कको योगदान विषयक विचार गोष्ठीको प्रतिवेदन

  • by

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘मधुपर्क’ पत्रिकाको योगदान महत्त्वपूर्ण रहेको छ । नेपालकै जेठो समाचार पत्रिका ‘गोरखापत्र’ कै प्रकाशन गृहबाट प्रकाशित हुँदै आएको ‘मधुपर्क’ ले २०६७ साल माघ अङ्कलाई ५००औँ अङ्कका रूपमा प्रकाशन गर्ने तयारी गरिरहेकै अवस्थामा गत २०६७ मङ्सिर १ गते काठमाडौँको बागबजारस्थित अशोका होटलमा ‘साहित्यिक पत्रकारितामा मधुपर्कको योगदान’ विषयक एक दिवसीय विचार गोष्ठी सम्पन्न गर्‍यो । सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विजय चालिसेले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो ।

नेपाली साहित्यिक पत्रकारितामा ‘मधुपर्क’को योगदान

  • by

नेपाली साहित्यिक पत्रकारिताको इतिहास त्यति लामो नभए पनि नेपाली साहित्यमा आधुनिकताको प्रवर्तन गर्ने ‘शारदा’ (वि.सं. १९९१) पूर्वको परिवेश नेपाली साहित्यिक पत्रकारिताको पृष्ठभूमि हो भने ‘गोरखापत्र’ (१९५८) जस्ता समाचारप्रधान पत्रिका र आवधिकरूपमा प्रकाशित भएका ‘शारदा’ पूर्वका पत्रिकाहरूले साहित्यिक क्षेत्रमा पनि योगदान दिएकाले यसलाई पनि नेपाली साहित्यिक पत्रकारिताको पृष्ठभूमिका रूपमा लिन सकिन्छ । त्यसपछि ‘शारदा’ को प्रकाशनसँगै व्यवस्थित साहित्यिक पत्रकारिताको थालनी भएको देखिन्छ ।