यादव भट्टराई
साहित्यिक पत्रिकारितामा मधुपर्कको योगदान विषयक विचार गोष्ठीको प्रतिवेदन
नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘मधुपर्क’ पत्रिकाको योगदान महत्त्वपूर्ण रहेको छ । नेपालकै जेठो समाचार पत्रिका ‘गोरखापत्र’ कै प्रकाशन गृहबाट प्रकाशित हुँदै आएको ‘मधुपर्क’ ले २०६७ साल माघ अङ्कलाई ५००औँ अङ्कका रूपमा प्रकाशन गर्ने तयारी गरिरहेकै अवस्थामा गत २०६७ मङ्सिर १ गते काठमाडौँको बागबजारस्थित अशोका होटलमा ‘साहित्यिक पत्रकारितामा मधुपर्कको योगदान’ विषयक एक दिवसीय विचार गोष्ठी सम्पन्न गर्यो । सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विजय चालिसेले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो ।
