Skip to content

डिल्लीराम मिश्र

मोती मन

नेपाली साहित्यका कालजयी राष्ट्रिय विभूति युवककवि मोतीराम भट्ट अग्रज प्रतिभा हुन्। अझ समग्ररूपमा भन्नुपर्दा उनी नेपाली साहित्य, समाज र देशप्रेमको ममतालाई जीवन्तता दिने प्रेरणाका आलोक पनि हुन्।

ज्योतिष र साहित्यको रहस्य

  • by

मानिसमा विद्यमान ज्ञानरूपी शृङ्खलाका अनेकन रूप-स्वरूपहरूमध्येकै एक प्रमुख अङ्ग ज्योतिष विद्या मानिएको छ । यसलाई ज्ञानको आँखा पनि भनिन्छ र साहित्यसँग गहिरो तादाम्य राख्दछ । साहित्यकलाजस्तै यो पनि एउटा कलापक्ष हो ज्योतिष रहस्यमय रहे पनि चमत्कारिक नभएर विज्ञान हो भनिएको छ ।

मधुपर्कका पाँच सय अङ्कका सम्पादक तथा सम्पादकीय अध्ययन

  • by

नेपाली पत्रत्रिकाहरूको प्रकाशन परम्परालाई हेर्दा सर्वप्रथम विक्रम संवत १९४३ सालमा भारतको बनारसबाट युवककवि मोतीराम भट्टको सम्पादकत्वमा गोर्खाभारत जीवन पत्रिका प्रकाशित भएको देखिन्छ । त्यसको एक दर्जन वर्षपछि वि.सं. १९५५ सालमा नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका सुधासागर हो । यो पत्रिका नरदेव मोतीकृष्ण शर्माको सम्पादकत्वमा प्रकाशित भएको हो ।

नेपाली वाङ्मयमा पुरस्कार परम्पराको क्रमिकता

  • by

मान-सम्मान, पदक र पुरस्कारले सम्बन्धित क्षेत्रका व्यक्तित्व, साधक र प्रतिभाहरूलाई आ-आफ्नो फाँटमा रही बढी संवेदनशील हुन, साधनारत रहन, सिर्जनशील बन्नका साथै योगदान समर्पण गर्न समेत अभिप्रेरित गर्दछ । कुनै पनि समाजमा पुरस्कार, सम्मान, पदक र उपाधि आदिको स्थापना र सफल वितरणले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

आधुनिक कथासर्जक मैनाली र कथादिवस

  • by

“आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ” अर्थात् कथाकार गुरूप्रसाद मैनालीको यी सुन्दर अभिव्यक्तिहरू आजभन्दा बहत्तर वर्ष पहिले नासो कथाको माध्यमद्वारा नेपाली समाज र साहित्यका पाठकसामु सार्वजनिक भएका हुन् । ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको हो ।

अल्पायुका अमर व्यक्तित्व

  • by

भाषा, साहित्य, कला र संस्कृति एक स्वाभिमानी राष्ट्रका अमूल्य निधि हुन् । यी अमूल्य निधिहरूको संरक्षणमा प्रथमतः देशवासी नागरिकहरूको सर्वाधिक दायित्व रहन्छ । यिनै मूल्य, मान्यता, महत्त्व र मर्मलाई बुझ्ने जिउदा पारखीहरूको जन्म भने लाखौमा एक पनि मुस्किलले हुने गर्दछ । लाखौमा जन्मेका यी बहुआयामिक व्यक्तित्वहरूका इच्छा, आकाङ्क्षा , मनोभावना, विवेक र विचारको महत्त्वलाई सहजै स्वीकार गर्ने जनसमूह झन् त्यति नै दुर्लभ र अभावपूर्ण स्थितिमा रहेको प्रतीत हुन्छ । त्यसैले नेपाली समाज र परिवेशबाट अलिकति पनि टाढा नरहेर कलिलै उमेरमा भाषा, साहित्य, समाज र राष्ट्रको गौरवमय छविलाई चरम शिखरमा पुर्‍याई अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम भट्ट नेपालीका ढुकढुकी हुन् ।

भाषा मर्मज्ञ भानु

  • by

नेपाली साहित्याकाशमा अमर विभूति आदिकवि भानुभक्त आचार्य माध्यमिककालीन कवि हुन् । नेपाली राष्ट्रिय वाङ्मयकै परिवेशमा भानुभक्त एक सहजकवि हुन् । उनले अनेकन रचनाहरूको सिर्जना गरेर मातृभाषाको गहन र दायित्वपूर्ण सेवा प्रदान गरे । सिङ्गो भाषिक, सामाजिक र सांस्कृति एकीकरणको रूपमा नेपाली समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तले समर्पण गरेको योगदान चीर उल्लेखनीय रहेको छ ।