Skip to content

atript

हामी नेपाली……..

हामी नेपाली……..
हामी आफैले गर्न खोज्दैनौ
डाहा गर्छौ अरुले गर्दा पनि,
आदर्श बाण गफ दिन्छौ मुखले खुप,
हेर्दै नौ एक अर्का मर्द पनि !

बरु मुकदर्शक बनेर हेरी बस्छौ
नेपाली जातिलाई पर्दा पनि.
पशु समान व्यवहार हामी नेपालीलाई
बैरीले मन लाग्दी गर्दा पनि !!

तान्न खोज्छौ खुट्टा हामीले
बढौन खोज्यो भने कसैले पाइला,
नाङ्गै होस् या भोकै होस् अरु
भर्न खोज्छौ आफ्नै मात्र थैला !

यस्तै

मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,

मेरो ढका टोपी हजुर मेरै खुकुरी, चन्द्र,सुर्य झन्डा बोक्ने मेरै पाखुरी ! मेरै ढका टोपीले… Read More »मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,

मझेरीलाई दुई शब्द

भन्ज्यांगको चौतारी हौ तिमी “मझेरी”
थकान मेटाई दिने,
चारै तिरका स्रष्टालाई
एकै ठाउँमा भेटै दिने !
सदाको लागि ऋणी हुँ म “मझेरी’
तिर्न सक्दिन तिम्रो ऋण,
सदैब माया गर्नु है यसरी नै
नगर्नु ल! घृण !!

मेरा अर्थहीन आँशु

कति आँशु उनें मैले
गीतको लहरामा,
कति आँशु पोखें त्यसै
गालाको पहरामा !

रसाइरह्यो आँशु मेरो
दुख्दा छाती मुटु,
कति आँशु पिएँ मैले
चुप छाप घुटु-घुटु !!

धेरै माया गर्थे,..

आफ्नो मुटु सम्झिनेले धरधरी रुवायो,
निर्दोष मेरो आँखाबाट बलेसी चुवायो।

धेरै माया गर्थे उनलाई आफ्नै मुटु झिकी दिएँ,
पापी रहेछ उनको मन मेरो प्राणै लिए ।

सन्गोले सन्गो

सन्गोले सन्गो ठुंसा लामा
सन्गोले सन्गो ब्लोन बोम्बो,
यान्ग्लामी ताम्नु आहन्बारंग
यान्गलामी सेम्नु आहन्बारंग
य्हुल्सा थे न न जे डान्सी साधन