Skip to content


जलश्रोतको धनी मेरो देश नेपाल
२ घन्टा लगाई पानी भरी ल्याउनुछ,
बनाई खाजा, हासिया नाम्लो बोकी
घाँस कट्न जान भ्याउनुछ !

बोक्नु छ भारी काट्नु छ घाँस
जानु छ गोठालो,
लाउनु छ बाली, धाउनु छ खेत
खन्नु छ कोदालो !!

बिहानी, साँझ सिरसिरे हावा
दिनमा घमाइलो,
गाउमै जन्मे, गाउमै हुर्के
यहीँ लाग्छ रमाइलो,
हजुर यहीँ छ रमाइलो ।

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *