भन्ज्यांगको चौतारी हौ तिमी “मझेरी”
थकान मेटाई दिने,
चारै तिरका स्रष्टालाई
एकै ठाउँमा भेटै दिने !
सदाको लागि ऋणी हुँ म “मझेरी’
तिर्न सक्दिन तिम्रो ऋण,
सदैब माया गर्नु है यसरी नै
नगर्नु ल! घृण !!
अशुद्धतालाई औंल्याइदियौ,
देखाई दियो मेरो गल्ती,
तिम्रै न्यानो साथले गर्दा
भर्ने गरेको छ रचनाले खल्ती !
लेखि रहने छु,पोखी रहनेछु मनको व्यथा,
जहिले सम्म मिल्छ तिम्रो साथ्,
रंगाउने छु तिम्रो सुन्दर फुलबारी “मझेरी”
जहिलेसम्म चल्छन् यी मेरा हात……..
लेखिरहने छु, पोखी रहनेछु मनको व्यथा,
जहिलेसम्म मिल्छ तिम्रो साथ,
रंगाउने छु तिम्रो सुन्दर फुलबारी “मझेरी”
जहिले सम्म चल्छ यी मेरा हात…….
राजेश रुम्बा लामा “अतृप्त’

राजेशजी,
यी मिठा शब्दहरूको
राजेशजी,
यी मिठा शब्दहरूको लागि धेरै धेरै धन्यवाद छ। आगामी दिनहरूमा पनि निरन्तर लेखिरहने, पढिरहने प्रतिबद्धता पढ्दा धेरै खुसी लाग्यो।
tnx so much @KBS sir..yo
tnx so much @KBS sir..yo sabai hunu ma hajurkoai haat 6..tara molai dukha laag6 moile kun ruple sudharnu parne ho ra kastaa khaale lekh rachanaa garnu parne ho tesko maargadarsan garne kohi hunuhunnna……sabai jaanneko pa6i laag6 hami nepali jaati…tara jaanna khojnelaai hausalaa ra asal baato dekhauni hunnaa..
anyway majherile saath dienjel samma mo nirantarta lekhi rahane6u sir……..
rajesh rumba lama “atript”