Skip to content

atript

हेरी रहे जुनलाई

हेरी रहे जुनलाई मैले
तिम्रो रुप देखिइरह्यो,
लाग्यो होला डाहा त्यस्लाई
बादलुले छेकिरह्यो ।

जूनले पनि हेर्यो लाग्थ्यो
घुम्टो भित्र लुक्दै मलाई,
सर्माएर जवानीको
आफ्नो शीर झुक्दै मलाई ।।

सून्य छ मेरो जीवन

सून्य छ मेरो जीवन,
तर अघि बढ्छु, बढ्छु,
मर्न दिन्न मेरो लक्ष्य
शिखरमाथि चढ्छु, चढ्छु !

रोक्न खोज्छन,बाधाहरूले,
यस बिरुद्द म डट्छु, डट्छु,
बिचलित नभई, कहिल्यै कतै,
बीर योद्दा भै लड्छु, लड्छु !!

चारै तिर काँडै काँडा

चारै तिर काँडै काँडा
बिचैमा म बाँच्दै छु,
घोचाइ भुल्न त्यो काँडाको
देखौटी म हाँस्दैछु ।

आफ्नै भाग्य त्यस्तै सम्झि
जवानी म मास्दैछु,
बनाउटी खुशी बोकी
पीर, म नास्दैछु ।।

सेलो

जहाँ फुले नि, बनमा फूल,
भमराले, चाल पाउँछ,
धेरै घमण्डी नगर मैच्याङ्,
मेरो पनि ताल आउँछ !

भनेको कुरा टेरिनौ,
फर्केर मलाई हेरिनौ,
सम्झियो आफैंले मै रानी,
कसैको नभा’ जवानी,

पर्देशिना बिबश चेलीको दशैंको पीडा

बिर्सियौ तिमीले मलाई सम्झिन
भुलेछौ मासुको चोक्टा र रक्सीको घुट्कोमा,
रम्दै होलाऊ अँझ,तिमी साथी-संगी सँगै
लिङ्गे पिंङ्को झट्कोमा !

न अट्कोस मासुले,न सर्कोस रक्सीले,
जति नै चोक्टा र घुट्को पिए नि,
न चुँडोस ती लिङ्गे पिंङ्को डोरी
जति नै झट्का तिमीले लिए नि !!

पहिलो भेटमै हाँसिन् उनी (शृंगारिक रचना)

पहिलो भेटमै हाँसिन् उनी
म नि ‘हाँसी’ दिएँ,
नाता गाँस्ने चाहना देखें
त्यो नि ‘गाँसी’ दिएँ !
त्यति मात्रै कहाँ हो र ?
च्याँखे थापिन् जवानी,
म पनि के कम थिएँ र ?
आफ्नै जवानी ‘मासी’ दिएँ!!

“तीजको गीत”

बर्ष दिनको तीज आयो, सम्झना चेलीको
पोहोर साल जस्तै लिन जान्थे, नियतिले खेलिगो !

लिन जाँदा चेली आउँथिन, सारै रमाई रमाई,
एउटा हातमा झोली बोकी, अर्कोले सारी समाई !!