Skip to content

हामी नेपाली……..

हामी नेपाली……..
हामी आफैले गर्न खोज्दैनौ
डाहा गर्छौ अरुले गर्दा पनि,
आदर्श बाण गफ दिन्छौ मुखले खुप,
हेर्दै नौ एक अर्का मर्द पनि !

बरु मुकदर्शक बनेर हेरी बस्छौ
नेपाली जातिलाई पर्दा पनि.
पशु समान व्यवहार हामी नेपालीलाई
बैरीले मन लाग्दी गर्दा पनि !!

तान्न खोज्छौ खुट्टा हामीले
बढौन खोज्यो भने कसैले पाइला,
नाङ्गै होस् या भोकै होस् अरु
भर्न खोज्छौ आफ्नै मात्र थैला !

यस्तै

यस्तै कारणले गर्दा नै
हामि सारै पछी परे छौ ,
घाम जुन टेकी सक्यो मान्छेले
हामी झन् तल झरे छौ !!
घाम जुन टेकी सक्यो मान्छेले
हामी झन् तल झरे छौ !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *