Skip to content

atript

सिरुपाते जुँगा मेरो

सिरुपाते जुँगा मेरो,
च्याट्ट काट्छु दारी,
जुल्फी कपाल कोर्दै हिंड्छु
सबको सेखी झारी !

अतर लाउँछु मग मगाउने
पुग्छु कहिले पारी,
केटी भए चल्छ मलाई
ब्याउनी होस् कि थारी !!

आँशु मेरो झारी गयौ

सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।
दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।

अमर-अजर हुन्छ भन्थें, हाम्रो प्रेमको कहानी यो
देखाउन नपाउँदै कसैलाई, भ्रुणमै तिमीले मारी गयौ ।
सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।

लड्छु भन्थे जीवनभरि, दु:ख पर्दा हरेक मोडमा,
शायद देख्यो दुख धेरै, नभिडेरै हारी गयौ ।

सम्झनालाई भुल्यो कि त…………..

सम्झनालाई भुल्यो कि त,कि त अन्तै त्यो मन सर्यो ?
मिस कल समेत छैन आजकल,भन् तिमीले यो के गर्यो ?

यस यम यस र मिस कल गर्छु भन्थ्यो,त्यो मन भुलौनालाई,
कि त टाढा देखि मलाई,अरुई खोज्न खोलि तर्यो ?

गोड मेल गर्छु हरदम भन्थ्यो,हाम्रो प्रीतको फूललाई तिमी,
आभाष भाछ अहिले मलाई,नफक्रिदै त्यो फुल झर्यो !

सम्झन

नभुल्नु है प्रिय तिमी

नभुल्नु है प्रिय तिमी, कसैको बातमा
जे नि हुन सक्छ हेर, बैंशको उन्मातमा !

मनमा अनेक कुरा खेल्छ, थाहा छैन आफैंलाई
तिम्रै यादमा छटपटिन्छु, हरेक-हरेक रातमा !
नभुल्नु है प्रिय तिमी, कसैको बातमा

मेरो जन्मभूमिमा

घाम जून हराएको छ आज,
क्षितिज चुम्ने चाहनेहरू
अन्धकारमा रुमल्लिदै छन् ।

कसैलाई थाहा छैन,
भोलि के हुने हो ?
कहा पुग्ने हो ?
अनि कस्तो हुने हो ?

कहिले ख्राजी एदा डन्सी (तामाङ् भाषाको गजल)

कहिले ख्राजी एदा डन्सी
कहिले “नेजी” एदा डन्सी

पहिले लाबला ताम डन्बन्
कहिलेम् “पेजी” एदा डन्सी ।

चाबा न्हुङ्बला तामनुन् ख्लागो
र्हङ्दन् “म्लेजी” एदा डन्सी,