Skip to content

atript

अनि कसरी बन्छ नेपाल ?

नयाँ नेपाल बनाउने हातहरू पराइको देशमा
सयौं तल्लाका भवनहरू थाम्दै छन्
खडा रही २४ घन्टे पराइको चुलो-चौको
छामछाम छुमछुम छाम्दै छन् ..

ए परदेशी

परदेशी हो…..ए परदेशी….
तँ तँ म म होइन अब
हामीले बुझ्नु पर्छ
छरिएर जहाँ रहे नि
एकजुट हुनु पर्छ

तीस लाख हामी परदेशमा छौं
देश धान्दै छौं हामीले,
हाम्रै पसिनामा खेल्नेहरूलाई
नेता मान्दै छौं हामीले

आखिर के हो?

आखिर के हो?
सम्झनाका छालहरुलाई,
बिर्सनीको पर्खालहरुले छेकबार लायो कि,
अनि किन त सम्झनै छाड्यो नि?
मबाट त्यस्तो गल्ति त थिएन पृय !
एकासी किन म देखि टाढियो नि??

राम्रो लम्जुङ् जिल्ला

कति राम्रो लम्जुङ् जिल्ला
हिमाल हाँस्नाले,
साइँला काका ठाढो भाका
गाउँदै नाच्नाले !

कति राम्रो बेंसीशहर
चारैतिरको थुम्काले,
गुरुङ्सेनी कासी क्या सारो राम्री
कानैको झुम्काले !!

अरु मलाई नसोंच …………

अरु मलाई नसोंच …………
पिएर रित्तो छ आँखा
आँशु तिमी नखोज,
छिया-छिया भैसकेको छ मुटु
बिन्ति तिमी नघोच्चा !
देखाऊटी आकृति हुँ म मानबको
भित्र-भित्र जाली सकेको छु,
रित्तिन र जलिनुले होला शायद,
एकान्तमा सयौं चोटी ढली सकेछु !!
बाड़ेर सकी सक्यो खुशी
हाँसो तिमी नखोज,
तिम्रो खुशी मात्रै देख्न चाहेको हुँ
बिन्ति अरु मलाई नसोंच …………
तिम्रो खुशी मात्रै देख्न चाहेको हुँ
बिन्ति अरु मलाई नसोंच …………

राजेश रुम्बा लामा “अतृप्त”

हरेस नखाऊ

“हरेस नखाऊ”
सुख-दु;ख आफ्नै सोचाइ हो
मन बुझाएर बाँच्न सिक्नु पर्छ,
रुनु त आफैलाई कम्जोर बनाउनु हो
आंशु लुकाएर हाँस्न सिक्नु पर्छ !
दु;ख नभए सुखको के महत्व रह्यो र
त्यसैले दुखमा पनि बाँच्न सिक्नु पर्छ,
आँशुको नि महत्व त्यस्तै हो
परेलीमा सजाएर हाँस्न सिक्नु पर्छ !!
पिर व्यथा मार्ग हो मानबको
त्यसमा टेकी अघि बढ्नु पर्छ,
खाना सक्छ धेरै बल्ड्यांग यहाँ
हरेस नखाई शिखर चढ्नु पर्छ !
खाना सक्छ धेरै बल्ड्यांग यहाँ
हरेस नखाई शिखर चढ्नु पर्छ ………….

राजेश रुम्बा लामा “अतृप्त”

पर्दैन के !

“पर्दैन के”…………
कति नक्कल पारेकी हौ
आँखी भौं फाली,
जति पाउडर घासे पनि
वास्तविकता हौ नि तिमी काली !
कति नक्कल गरेकी हौ
कपाल काटी काटी,
जति ठुटा पारे पनि
पाठा हुन्न पाठी !!

“ल उठौं नेपाली”

चारै दिशा, चारै किल्ला
“मिच्दै” आयो बैरीले,
स्वभिमानी नेपालीको शिर
“थिच्दै” आयो बैरीले !

हामी आफैं लडी रहन्छौ
“मौका” हान्यो बैरीले,
हामी-हामी लडेपछि
“चौका” हान्यो बैरीले !!

आँशु….छाती …

…आँशु….छाती …
संगालेर राखे भए आँशु,
तालै बन्थे होला,
चर्किंद फुट्ने भए छात्ती
पोलाई बन्थे होला !
धेरै चोटी रोइ रहे
आँशु बगी रह्यो,
चर्की रह्यो छात्ती पनि
धेरै दुखि रह्यो !!

थिचिदै छु !

मरु भूमिको गर्मीमा
पसिनाको थोप्पा थोपा संगै
बालुवामा मिसिदै छु
एक एक गरि दु खै दुख र पीडाले
थिचिदै छु !
…थाहा छैन मेरो उदेस्यहरु
मेरो सपनाहरु
पसिनाको थोपा संगै कहाँ बिलौदै छन ,

हो.. मसंग छ…..

हो..मसंग छ…..
सुन्छौ भने सुनाउछु
बालुवा संग मितेरी गाँसेको
कथा छ म संग
तातो हावाको राप खप्न नसकी
क्षेन क्षेन बिहोस हुनी
व्यथा छ म संग |!
सुनौलो भबिष्य खोज्दै मरुभूमिमा
रोमालिएको
कथा छ म संग
याद आउँदा आफ्नो जन्म भूमिको
पल पल बिहोस हुनी
ब्यथा छ म संग |!!
पराईको लात् र घात पाउँदा
संयौ चोटी मरेर बाँचेको
कथाछ म संग
आधुनिकताको नाममा
विसंगतिले गांचे पनि मलाई
आफ्नै जाती र मौलिकतालाई साँचेको
व्यथा छ म संग

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

न्याउलिले नि………..

न्याउलिले नि मेरै कथा गाए जस्तो लाग्छ
चैत्त मासको उराठ पनि मेरै निम्ति छाए जस्तो लाग्छ
साउनको भेल पनि मेरै निम्ति आए जस्तो लाग्छ
समयले नि मेरै पिडा चाहे जस्तो लाग्छ
विरहको भाका न्याउली मेरै गीत गाए जस्तो लाग्छ
थाहा छैन यो दुनियाँमा मैले मात्रै दुख पाए जस्तो लाग्छ

राजेश रुम्बा लामा “अतृप्त’
दोहा कतार

सलाम मेरो

सम्झिनिलाई

सलाम मेरो
बिर्सेनिलाई ‘बाइ” छ,
फुर्सध नहोला रिप्लाई दिन
अफ्फ़ लायन छड़नेलाई “हाइ” छ !
सम्झिनिलाई को नै होला र
खोइ,बाडुलकी “आको” होइन
अफ्फ़ लायन छाड्नु त परैको कुरा
कहिल्यै मेस्सेज “पाको” छैन !!
जे भए नि कुसल मङ्गल
रहोस मेरो सबै साथी,
कामना गरे मन मनै
चढाउदै फुल पात्ती……………

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार………