Skip to content

atript

माया गर्ने नाममा मैले पीरमा पार्यो कि?………….

गीत माया गर्ने नाममा मैले पीरमा पार्यो कि? स्वतन्त्र भै उड्न खोज्दा भुइमा पो झार्यो… Read More »माया गर्ने नाममा मैले पीरमा पार्यो कि?………….

तिम्रो माया मलाई धेरै लाग्छ/…………

“गीत” किन-किन तिम्रो माया मलाई धेरै लाग्छ/१५/ तिमी माथि लागे’को पीर सबै मेरै लाग्छ ///////////////////१५///////… Read More »तिम्रो माया मलाई धेरै लाग्छ/…………

टुक्रिएको यो मुटुलाई,……………..

“गीत”
टुक्रिएको यो मुटुलाई,गाँसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

हिरा-मोति जस्तै माया,किन्नु पर्दो रहिछ
दुखियाले संधै तड्पी ,हिन्नु पर्दो रहिछ
खस्न खोज्दा आँशु थमाई,बसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

टुक्रिएको यो मुटुलाई,……………..

संधै मनमा आशा बोकी,आशे हुनु पर्ने,
यस्तै हो बेसहरलाई,संधै रुनु पर्ने
मेरो निम्ति आफ्नो जीबन,मासी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए,

टुक्रिएको यो मुटुलाई,गाँसी दिने भए
ज्यानै त्यागी सहन्थे चोट,हांसी दिने भए……………….

राजेश रुम्बा लामा “अतृप्त”
१३-०६-२०११

आफ्नै मेहेनतले, पत्थर फोर्न चाहने मान्छे हुँ म

आफ्नै मेहेनतले, पत्थर फोर्न चाहने मान्छे हुँ म
मलाई कमजोर नसम्झ प्रिय
आकाश-पाताल जोर्न चाहने मान्छे हुँ म ।

हुन सक्छ कुनै बेला भक्कानेर रोएँ होला
विवशताले गर्दा कसैको पाउ छोएँ होला
सुनामीको छाल बनी, बाधा सोर्होन चाहने मान्छे हुँ म
मलाई कमजोर नसम्झ प्रिय
आकाश-पाताल जोर्न चाहने मान्छे हुँ म ।

दुई मुक्तक

मेरो मनको मझेरीमा तिमीलाई अब ठाम छैन,
मनैबाट निकाली दिएँ तिम्रो अब नाम छैन
आफ्नो सम्झी मुटु दिए, जलाई दियो पत्थर बनी,
तिमी जस्ती स्वार्थी, निर्दयी, मलाई अब काम छैन

संधैभरि

सधैंभरि तडपाएर, राख्छौ मलाई किन?
कि त टाढा लैजाऊ मलाई, कि त लान्छु हिन ।

सुखशैल हेर्दिन म, तिमीले लान्छौ भने,
तिम्रो कसम छाड्छु संसार, तिमी जान्छौ भने ।
बाँच्ने रहर छैन मलाई, साँच्चै तिमी बिना,
कि त टाढा लैजाऊ मलाई, कि त लान्छु हिन ।

साथी देशले बोलाउँदै छ, र म जाँदैछु

छट्पटिदै देश मलाई बोलाउँदै छ
पौराखी मेरा हात बिना धानका बाला झुलाउन नपाउँदा
खेतका गराहरू बिलाउन गर्दैछन् रे
र्झिना हुदैँ मेरा गुम्बा, मन्दिर, मस्तिज र चर्च घरहरू
चर्किर्दै छन् रे ।

चाहिन्न त्यो जून-तारा

चाहिन्न त्यो जून-तारा, तिमी पाएदेखि
त्यागी दिन्थे सारा-संसार, तिमी आएदेखि

भन्न त भन्छन सबले, माया पाउन यस्तो,
विश्वास गर मलाई प्रिय, यो ज्यान छैन सस्तो
पूर्णिमा झैं हुन्थ्यो जीवन, तिमी छाएदेखि
त्यागी दिन्थे सारा-संसार, तिमी आएदेखि

थाहा छैन किन-किन तिम्रो माया बढ्न थाल्यो

थाहा छैन किन-किन तिम्रो माया बढ्न थाल्यो
तिम्रै यादको तरेलीले सगरमाथा चढ्न थाल्यो !

छामछाम, छुमछुम गरौ लाग्छ, छाम्दा कतै भेट्ला जस्तो,
कल्पनामा डुबौं लाग्छ, तिम्रो प्यास मेट्ला जस्तो !
स्मृतिका ती पलहरु, काँडा बनी गड्न थाल्यो,
तिम्रै यादको तरेलीले, सगरमाथा चढ्न थाल्यो !