Skip to content

atript

रुंदा रुंदा आँखै रित्यो….

रुंदा रुंदा आँखै रित्यो झर्नै छाड्यो आँशु , हावा बिहिन बेलुन् झैं सुक्यो जिउको मासु… Read More »रुंदा रुंदा आँखै रित्यो….

तिमीले दिएको हरेक चोट्…………..

कविता तिमीले दिएको हरेक चोट् मेरो बाच्ने सास् बन्यो, त्यहि चोट्ले गर्दा आज क्षितिज पुग्ने… Read More »तिमीले दिएको हरेक चोट्…………..

ओठमा लाली नलाऊ मैच्यांग (सेलो)

ओठमा लाली नलाऊ मैच्यांग
गालामा मेरो डाम बस्छ,
कुरा काट्ने धेरै छन मेरो
देखे भने नाम राख्छ !

त्यसै तिमी राम्री छौ नि
केलाई चाहियो त्यो लाली,
को नै पो होला र तिमीलाई देख्दा
नबजाउने मुख, ताली !

नभेटेरै नदेखे रै…

नभेटेरै नदेखे रै,मन मुटुमा बस्यो तिमी! कहिल्यै पनि ननिस्किने,खिल बनि पस्यो तिमी!! आँशु-हाँसो दिन्छौ तिमीले,शायद… Read More »नभेटेरै नदेखे रै…

मेरो बुढो बाउ (गजल)

दुई दिन आमा नहुँदा, बुढो बाउ त टोलाउँछन् पो
भेट्नु मात्रै पर्छ अनि, स्वाङ पारेर बोलाउँछन् पो

भन्नु हुन्छ कहिले सानु, कहिले चाहिं नानु रे,
नदुखेको बुढो जीऊलाई, तेल लाएर मोलाउँछन् पो

कस्तो फसाद म छोरालाई, सुने नि नसुने झैं गर्नु पर्ने,
ला’को लुगा सुहाएन भन्दै, खोल्नु अनि खोलाउँछन् पो

लुकी लुकी हेरौं लाग्छ…

गजल
लुकी लुकी हेरौं लाग्छ,तिम्रो जोबन ‘फुले’ देख्दा,
हिमाल झैं तिम्रो ज्यानमा,खै के हो त्यो ‘चुले’ देख्दा !

डुलाउँ डुलाउँ लाग्छ सधै,तिम्रै वरी परि,
एकै तालमा ढालाउँ लाग्छ,अरुई ‘डुले’ देख्दा !!

कति उठ्छ मनमा चाहना,भनि साध्य छैन,
आफै देखि रिस नि उठ्छ,आफैलाई ‘भुले’ देख्दा !!

राजेश रुम्बा लामा “अतृप्त”

पुर्बी दिशा लाली छायो

पुर्बी दिशा लाली छायो,अब घाम लाग्छ कि,
देशमा भाको कालो बादल,अब भाग्छ कि !

श्रम गर्ने मजदुर वर्ग,खाने अरु नै,
अब भने मज्दुरकोमा,खान पाक्छ कि !!

सामन्तीले दावा बोल्यो,गरिब जनता माथि,
गल्ति महशुस गर्दै अब,माफी माग्छ कि !!

गर्नु सम्म गर्यो बेज्यत,बिस्व सामो हाम्रो,
कुरी कुरी महसुस गरि,लाज ढाकछ कि !!

राजेश रुम्बा लामा “अतृप्त”

सोल्टिनी (गजल)

कर गर्दिन सोल्टिनी, हुन्न भने नाई भन,
छुन्नै हुन्न भन्छौ भने, अबदेखि दाइ भन

हुन त हरेक कुरा, मैले भन्दा जानेकी छौ,
लाज लागे दाइ भन्न, हुन्छ नि त भाइ भन

आशा मात्रै देखाउँछौ, नजिक पनि पर्दैनौ
सधैं यसो गर्छौ भने, सदालाई बाइ भन

पाखुरीमा दम हुँदा

पाखुरीमा दम हुँदा, खाडी देश छिर्नु पर्यो,
स्वभिमानी म नेपाली, पराई सामु गिर्नु पर्यो

मन थिएन देश छाड्न, बाध्य भएँ छाड्नलाई,
टाढा भयो आफ्नो देश, सम्झी मुटु चिर्नु पर्यो