Skip to content

झिरमा उन्नु भन्दा (गजल)


झिरमा उन्नु भन्दा,सासै लगे हुन्छ
बाँच्ने आशा राख्दिन,आशै लगे हुन्छ

के बाँच्नु र तडपिदै,त्याग्छु यो सन्सार
चाहिन्न भो मलाई,बासै लगे हुन्छ

तिम्रो निम्ति साँचेको,माया धेरै-धेरै
चाहिन्न भो माया नि,रासै लगे हुन्छ

अर्पण गरे मैले,सबै तिमीलाई
लास पनि तिम्रै भो,लासै लगे हुन्छ

राजेश रुम्बा लामा “अतृप्त”
१३-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *