परेली यो बैरी भयो, भकानेर रुँदा,
रोक्न समेत खोजेन खै, आँशु झरी जाँदा
आफ्नैदेखि भर भएन, स्वार्थी-स्वार्थीको हुलमा,
हेर्न मनै मरी सक्यो, सुन्दर कुनै फूलमा
पानीबिना माछा झैं, आँशुबिहिन आँखा हुँदा,
रोक्न समेत खोजेन खै, आँशु झरी जाँदा
छाती चिरी मुटुमाथि, सुनामीको छाल जाँदा,
सबै रमिता हेर्ने भए, खुशी मेरो लुटी लाँदा
चट्यांग पर्दा यो भाग्यमा, आँशु भेल झैं चुन्दा,
रोक्न समेत खोजेन खै, आँशु झरी जाँदा
परेली यो बैरी भयो, भकानेर रुँदा,
रोक्न समेत खोजेन खै, आँशु झरी जाँदा
राजेश रुम्बा लामा “अतृप्त”
०९-०६-२०११
