थाहा छैन किन-किन तिम्रो माया बढ्न थाल्यो
तिम्रै यादको तरेलीले सगरमाथा चढ्न थाल्यो !
छामछाम, छुमछुम गरौ लाग्छ, छाम्दा कतै भेट्ला जस्तो,
कल्पनामा डुबौं लाग्छ, तिम्रो प्यास मेट्ला जस्तो !
स्मृतिका ती पलहरु, काँडा बनी गड्न थाल्यो,
तिम्रै यादको तरेलीले, सगरमाथा चढ्न थाल्यो !
क्षितिजतिर एकोहोरो, हेरौं लाग्छ यी आँखा नि,
बिरक्तिएर गाऊँ झैं लाग्छ, फेर्दै कोइली झैं भाका नि !
मनको खुशी उमङ्ग सब, आफैंदेखि हड्न थाल्यो,
तिम्रै यादको तरेलीले सगरमाथा चढ्न थाल्यो !
थाहा छैन किन-किन तिम्रो माया बढ्न थाल्यो
तिम्रै यादको तरेलीले सगरमाथा चढ्न थाल्यो !
राजेश रुम्बा लामा “अतृप्त”
२४-०५-२०११