हेर न हेर ओइ डोल्मो
लेकमा च्युतुर पाक्यो रे,
त्यो खानलाई साथी-संगी
चौंरी लिई उभो लाग्यो रे !
आफू त सम्झी बसेछु
थाहा छैन कहिले हो जाने,
मुख मात्रै मिठाई बसेकोछु,
थाहा छैन कहिले हो खाने !!
सुन न सुन ओइ दोर्जे
कुइरोले ढाक्यो रे सैलुंगे बन
त्यसैको मौका छोपेर
गर्छ रे साथी संगी ताना तान !
थाहा छैन आफू त कहिले जाने हो,
कसलाई पो तानेर लाने हो !!
सुनेर सबै यी कुरा
मुटुको धड्कन बढिन्छ
उमेरले डाँडा काटे नि
बैंशले यो मन मातिन्छ !
मलाई मात्रै हुन्छ कि यस्तो
या, सबैलाई हुन्छ बिदेशमा
थालैको भात छाडेर साथी
जाउँ जाउँ लाग्छ स्वदेशमा !!
राजेश रुम्बा लामा “अतृप्त”
०८-०६-२०११
