Skip to content

atript

टाढा छौ त के भो ?

टाढा छौ त के भो ? मनमा छाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

हामी बिचमा छेक्ने सयौं डाँडा भए नि
घाम-जून झैं हाम्रो दूरी टाढा भए नि
मनको आँखा खोली हेर्दा देख्ने भएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

यता मग-मगाउछ त्यता फूल फुले
यी आँखा फर्फराउँछ त्यता मन डुले
प्रत्येक साँझ सपनीमा यतै धाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

टाढा छौत के भो ? मनमा छाएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ
हर धड्कन याद बनी भेट्न आएकी छौ

राजेश रुम्बा लामा “अतृप्त”

मनहरु निरासाको भुंग्रोमा छटपटी रहेका छन्…

सोचाइको बार्दलीबाट नियालेर हेर्दा चारैतिर क्षितिजमाथी ढकमक्क कुहिरोले ढाकेको देखें मनहरु निरासाको भुंग्रोमा (अघेनामा) छटपटी… Read More »मनहरु निरासाको भुंग्रोमा छटपटी रहेका छन्…

पर्खी बस्नु हिउँ झैं भै

पर्खी बस्नु हिउँ झैं भै फर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

जन्मभूमिदेखि टाढा अब बस्नु छैन
पराइको पाउको धुलो भै खस्नु छैन
सुखी हुने चाह छाडी तर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

फर्की आई आफ्नै देशमा हिरा फलौंछु
अन्धकार यो भाग्यमा म दीप जलौंछु
कुनै बिलम नगरी सर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

पर्खी बस्नु हिउँ झैं भै फर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

राजेश रुम्बा लामा “अतृप्त”
२६-०७-२०११

लुक्नु बरु कतै तिमी

लुक्नु बरु कतै तिमी देखे सबले चाह गर्ला
बाहिरी मुस्कान नदेऊ बिन्ती सुनगाभाले डाह गर्ला

तिमीले हाँस्दा फूल झैँ देखिन्छ्यौ हेर्दा जून झैं लाग्छ
सर्माएर बात गर्दा अकबरी सुन झैं लाग्छ

तोर्-तोर बेना र्हि ग्याम्जे………

गीतिकबिता(नेपालीमा उल्था गर्दा….) तोर्-तोर बेना र्हि ग्याम्जे आमाजे क्षे हान्सी बासिम्ला म्हिला जा-जामे क्षेम म्राङ्मा… Read More »तोर्-तोर बेना र्हि ग्याम्जे………

थोरै थियो रहरहरु आँशु पिलाई गयो

गीत् परेलिको बार भत्काई आँशु बग्न खोज्छ् फुस्रो हाँस्न खोज्दा पनि हाँसो रोक्न खोज्छ ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~… Read More »थोरै थियो रहरहरु आँशु पिलाई गयो

कोरले भेटिएका झैं देखिने खजुरको पात-……

सुन-सान अधेँरीमा रातलाई बिछ्यौना बनाई उ…त्यो पर…….क्षितिजको धिपधिपे बत्तीको सहारामा म भबिष्यको खाका कोर्दैछु… ..… Read More »कोरले भेटिएका झैं देखिने खजुरको पात-……

मार-मार निभा गन्दी स्योङ्

(तामाङ भाषाको गीतिकविता)

मार-मार निभा गन्दी स्योङ्
तरङाला बाथान थोडिबा,
तारङन ताङ्सी च्यागोले होइ
प्राक्ताङ्-प्रीक्तिग स्याडिबा ।
तारङातेन स्योङ य्हाङ ताम्याङ्सम्
तारङाताउ ए ङा स्योङ ताला,
मज्जाले स्याउ या ङाला कुतुरि
एला लागिरी ङा रोङ ताला ।

नर्क पनि स्वर्ग ठान्थे…

गीत जीन्दगीको यात्रा मेरो,तिमी संगै गर्न पाए नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए ===============================… Read More »नर्क पनि स्वर्ग ठान्थे…

मनको छाल लम्की रहन्छ

कविता अदृष्य मनका छाललाई फिजाउँदै फिजाउँदै शुन्यतालाई चिरी, म जगत र ब्रम्हाण्डको अघोषित भ्रमण गरिरहेको… Read More »मनको छाल लम्की रहन्छ

जिन्दगीको यात्रा मेरो……….

गीत जिन्दगीको यात्रा मेरो,तिमी संगै गर्न पाए नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए ===============================… Read More »जिन्दगीको यात्रा मेरो……….