Skip to content

मायालुको निम्ति तारा गन्ने पनि देखें


मायालुको निम्ति तारा गन्ने पनि देखें
जून टिपेर शिरमा लाउँछु भन्ने पनि देखें ।

मायालुलाई पाउन सबै रित्तो बन्दो रहेछ्न्
आफू सुन्य बनाएर भित्तो बन्दो रहिछन
मायालुलाई सम्झी खल्टो खन्ने पनि देखें
जून टिपेर शिरमा लाउछु भन्ने पनि देखें ।

मायालुको नाममा आफ्नै सन्तान त्याग्छन कति
समर्पणको नाममा आफ्नै ज्यानै फ्याँक्छन कति
मायालुकै कारण पागल बन्ने पनि देखें
जून टिपेर शिरमा लाउछु भन्ने पनि देखें ।

मायालुको निम्ति तारा गन्ने पनि देखें
जून टिपेर शिरमा लाउछु भन्ने पनि देखें ।

राजेश रुम्बा लामा “अतृप्त्”
११-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *