कहाँबाट आउँछ यो पीर, देख्न पाए हुन्थ्यो
संधैलाई नआउने गरी, छेक्न पाए हुन्थ्यो
हुन्थ्यो होला खुशी जगतको, प्राणी सबै सबै,
पोको पारि त्रिशुलीमा पीर फ्याक्न पाए हुन्थ्यो
हाँसेर अन्त्य गर्थे यसै अन्त्य हुन्छ जीबन,
त्यो भन्दा अघि पीरको घाँटी न्याक्न पाए हुन्थ्यो
चढ्थिन म सगरमाथा तर्ने थिइन नदी,
टुपी समाई पीरको शिर टेक्न पाए हुन्थ्यो
यी त भयो भन्ने कुरा, जित्यो पीरले हारें म,
सबको पीर यो “अतृप्त”ले थेक्न पाए हुन्थ्यो
राजेश रुम्बा लामा “अतृप्त”
०५-०६-२०११
