Skip to content

HomSuvedi

जानकारी

भाव वा रसका लागि उपयुक्त ठहराइएका केही छन्दहरुः

मदलेखाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
चम्पकमालाः कोमल पदावलीका साथ श्रृङ्गार
शशिवदनाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
समानिकाः वीर र रौद्ररसका लागि
अनुष्टुप् सबै रसका लागि
प्रमाणिकाः वीर रस
इन्द्रबज्राः करुण रस
स्वागताः वीर र करुण रस
इन्दिराः भक्तिरस वा गीति रचनामा
भुजङ्गप्रयातः शान्तरस कोमल पदावली
इन्द्रवंशाः सबै भावमा उपुक्त
द्रुतविलम्बितः प्रकृतिको वर्णनमा । यमक अलङ्कार विशेष
प्रहर्षिणीः सौन्दर्य वर्णन
वसन्ततिलकाः प्राकृतिक सौन्दर्यको वर्णनमा र करुण रस

कुनै दयालुले (गीत)

कुनै दयालुले उहाँ पुगी यति भनिदिए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……

न चिठ्ठी पत्र आउँछन् न तार नै पठाउँछन्
कसो गरी विदेशमा बसेर दिन कटाउँछन्
यता म आधी भै सकें उता उनी कसो भए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए

देश हाम्रो

मुठी बाँधौं खाई कसम अनि यो गर्विलो भाव बोकौं
कुरौटे यो बानी परपर गरौं स्वार्थको भाव त्यागौं
कुनाकाप्चा सारा सुमधुर हुँदै चम्कियोस् देश हाम्रो
सबै मान्छे हाँसून् प्रगतिपथमा लम्कियोस् देश हाम्रो ।।

मेघस्फुर्जिता छन्द

हिमाल अभियान

हिमाल माथि उच्चमा ध्वजा लिएर जाउँला
पुगेर त्यो हिमालमा नयाँ म गीत गाउँला
भनेर धाउँदै थिएँ अनन्त यो अटव्यमा
निकुञ्ज सिर्जनाहरु पुगी उतै सुनाउँला ।।

नमस्कार छ

लाखौं लाखन छन्दका स्वरहरु ठम्याउने हौ तिमी
भाषा भित्र अनेकका लयहरु उभ्याउने हौ तिमी
नौलो सिर्जन कार्यनिम्ति जहिल्यै त्यो ग्रन्थ आधार छ
त्यस्ता पिङ्गल पूज्यका चरणमा हाम्रोे नमस्कार छ ।।

केही लेख

देशबाट बाचा खाएर लेख केही
स्रष्टाहरु सबैले आएर लेख केही ।

हज्जार पाखुरा छन् कामै विना बसेका
यो ठाउँमा सबैले गाएर लेख केही ।।

लेखेर हुन्न केही भन्ने नसोच्नु होला
थोत्रो भएछ छानो छाएर लेख केही ।।

टाढा समीप भन्ने व्यर्थै छ सोच हाम्रो
जे हुन्छ हुन्छ टाढै धाएर लेख केही ।।

तिम्रै अगाडि नौला सन्देश आउँदैछन्
सन्देशबाट माया लाएर लेख केही ।।

श्रमिक दिवसमा श्रमिकहरुमा मझेरीबाट नमन

वर्षाको जल वैरँदा जमिनमा फोकाहरू उठ्तछन्
तत्कालै जलमा उठेर किन हो फोकाहरू फुट्दछन्
हाम्रो जीवनको स्वभाव त्यही हो दृष्टान्त नै हो त्यही
के के गर्छु भनेर मानिसहरू हुन्छन् बडा निर्दयी ।।

हिंड्दा पारि पुगिन्छ हिंड्न सजिलै अल्छी हटायौं भने
बाटो नै अवरुद्ध हुन्छ मनमा अल्छी बसायौं भने
अल्छे त्यो गतिशील हुन्छ र कहाँ सक्ला कहाँ उक्लन
के सक्थ्यो कछुवा अगाडि नबढे सीमान्तलाई छुन ।।

यो पृथ्वी नघुमेर सुस्थिर हुँदा सन्सार चल्ने भए
आगोमा समिधा विनै सहजले तत्काल बल्ने भए
मान्छेले गतिहीनका क्रमहरु भेटेर भोग्ने थियो
मान्छे माथि पुजेर देवगणले तत्काल ढोग्ने थियो ।।

भू्कम्पकाे स्मरण

त्रासदीले सतायो
हाम्रो धेरै नराम्रोे पहुँच हुन गई पालमै सुत्न थाल्यौं ।
छोराछोरी रुँगेरै प्रभुपद सबका आसमै बस्न थाल्यौं
झन् त्यो बेला धरामा अतिशय कटिलो त्यो पराकम्प आयो ।
खै के भन्ने तुरुन्तै छिन छिन मरिने त्रासदीले सतायो ।।
होम सुवदी

जीवन नै किताब

पुस्तक दिवसकाे सन्दर्भमा मझेरीकाे प्रस्तुती

वाचा परस्पर गरेर पछाडि रुन्छन्
झारेर आँसु कति मानव शोक धुन्छन्
हज्जार छन् नव कथा कविता विलाप
हो जिन्दगी मनुजको असली किताब ।।

दुर्भेद्य दृश्य र अदृश्य छ जिन्दगानी
पीडा व्यथा र व्यवधान मिठा कहानी
हुन्छन् यसैसँग तिता र मिठा स्वभाव
हो जिन्दगी मनुजको असली किताब ।।
होम सुवेदी

शाेकमा साथ छौं हामी

अमेरिकास्थित कवयित्री दुर्गा रिजालले पुत्रशोक बेहोरिरहेको अवस्थामा मझेरीको तर्फबाट हार्दिक शान्त्वना तथा समवेदना छ ।

पुत्रपुत्रीहरुलाई ज्यान छाडी सघाउँछन्
आफू भोकै यता बस्छन् रित्तै पेट अघाउँछन्
आमा हुन् को छ आमाको विकल्प दुनियाँ भरी
आमाको स्मृतिमा झर्छन् मेरै आँसु घरी घरी ।।

गजल

गजलः
नक्कल गरेर नेता थाप्लो ठटाउँदैछन्
काठमान्डु वासीलाई धूलो चटाउँदैछन्,
धूलो चटाउँदै छन् धूलो चटाउँदैछन् ।।

मेलम्चीबाट पानी ल्याएर बाँड्छु भन्दै
आफ्नो उचाइ आफैं नेता घटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

जनता हरु सबैलाई हालेर पिन्जडामा
तोता सधाउँदा झै राम राम रटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

नेता हुनै नपाई छन् धेर खुम्रिएका
लौ हेर धुन्दुकारी चप्पल फटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

आमा – २

रोकिएको यहाँ छैन आमाका आँसुका भल
पुत्र राघवमा दैव गरेछौ तिमीले छल ।।
आमा झैं आँसुको धारा अरुको के चुहुन्छ र
आफ्ना सन्ततिका लागि आमा झैं अरु हुन्छ र ।।

पुत्रपुत्रीहरुलाई ज्यान छाडी सघाउँछन्
आफू भोकै यता बस्छन् रित्तै पेट अघाउँछन्
आमा हुन् को छ आमाको विकल्प दुनियाँ भरी
आमाको स्मृतिमा झर्छन् मेरै आँसु घरी घरी ।।

होम सुवेदी

सुतेकाे मेराे कम्प्युटर र मेरो कविताः

सुतेकाे मेराे कम्प्युटर र मेरो कविताः

अहिले मेरो कविता
र मेरा कम्प्युटरले
गहिराे मीत लाएका छन्
दुबै नबिउँझने गरी
निधाएका छन्
उतातिर हेरौ‌
मेरा रिसाएका भावहरुले पनि
काखी बजाएका छन्
अनि यताितितर हेरौं
मेरा विचार र अास्थाहरुले
ममाथि ताताे भुत्भुते
खन्याएका छन्

यिनमाथि अब मैले
शासन गर्न नसक्ने भएँ
यी सबैको ममाथि हमला गर्ने
एक ग्याङ् भएकाे छ
मन रित्ताे छ मुटु रित्तो छ
जिउ थङ्रथिलिएर ल्याङ् भएकाे छ
लेख्ता लेख्ता थाकेकाे
मेराे कम्प्युटर पनि
ह्याङ् भएकाे छ
मानाै मेराे कम्प्प्युटर र
मेरा कविताकाे
र्याङ्मा ठ्याङ भएकाे छ
यिनका अघि बबुराे होम पनि

शुभकामना नववर्षकाे

आऊन् जीवनमा मिठा पलहरु फर्केर हामीसँग
जाऊन् जीवनका तिता पलहरु तर्केर हामीसँग
यो हाम्रो नव वर्षमा प्रगतिका सम्भावना फर्कियून्
गौरीशङ्कर शान्तिका कणहरु नेपालमै छर्कियून् ।।

यहाँ फुल्न छाडेछ लालीगुराँस

हटेको छ इच्छा घटेको छ आश
कतै छैन सन्तोष यो आसपास
सबै धुर्तले गर्न थाले विनास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।
होम सुवेदी

लालीगुराँस

हटेको छ इच्छा घटेको छ आश
कतै छैन सन्तोष यो आसपास
सबै धुर्तले गर्न थाले विनास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।
होम सुवेदी

देशगान

उड्दा हौ अझ माथि माथि नभको उच्चाइको बिन्दुमा
डुब्दा हौ अझ भित्र भित्र गहिरो त्यो आन्ध्रको सिन्धुमा
तिम्रो त्यो पुरुषार्थ हो तर यता बेग्लै छ मेरो छवि
पुग्दैनन् रवि त्यो अनन्त भवमा पुग्दैछ हाम्रो कवि ।।

युवाहरुलाई

युवा हाम्रा रुँदै भोकै उता सौदी पसेका छन्
नपस्ने जो थिए तिनले यता गुन्टा कसेका छन्

कबोलेको पुरा पैसा बरा के पाउँथे होला
दलालीका भरौटेले यहाँ झन् झन् डसेका छन्