Skip to content

HomSuvedi

व्यक्ति परिचयः

प्रा.डा. केआर खम्बु
घरको बोलाउनु नाम ः काशीराम राई
जन्मको नाम ः कमल राई
मास्टरले लेख्न नजानेर काशीरालाई कालीराम लेखिदिएको र पछि यो नराम्रो सुनिएको हुँदा कालुराम का रुपमा परिवर्तन गरिएको । यही नाम केआर खम्बूका रुपमा पछि परिचित ।
जन्म ः २०१४।४।५
जन्मस्थानः खोटाङ, दमर्खु, शिवालय १, चुम्लुङ ।
पिताः स्व. विष्णुध्वज राई
माताः स्व. लीलावती राई कान्छो छोरा ।
शिक्षाः
अक्षरारम्भ पहाडको गाउँकै धुले पाठशालाबाट ।
२०२० सालमा झापा गौरीगञ्जको कोरोबारी टटुवामारीस्थित जनता प्राथमिक विद्यालयमा कक्षा एकमा भर्ना भएर त्यहींबाट औपचारिक शिक्षा आरम्भ र त्यस विद्यालयमा कक्षा पाँचसम्मको अध्ययन ।

नेता देश निलेछाै

छन् कण्ठ नारा अझसम्म तिम्रा
ताजा अझै छन् प्रतिबद्ध तिम्रा
नङ्ग्याउँदै देश सबै छिलेछौ
औंलो दिएँथ्यौं डुँडुलो निलेछौ ।।

आकारमा देव समान देख्थ्यौें
देखेर तिम्रा स्तुति गान लेख्थ्यौं
बैरीहरुकै सँगमा मिलेछौ
औंलो दिएँथ्यौं डुँडुलो निलेछौ ।।
होम सुवेदी

खै के भयाे के भयो

कता जानु थियो कता पुगिएछ खै के भयो के भयो !
नपर्खने वाचा गरेर पनि उसैको बाटो रुँगिएछ खै के भयो के भयो !
अब ता वास्ता नगरौं भन्यो फेरि पनि धर छैन
बोध हुँदैछ, आफ्नै भाग्यलाई आफैं ठुँगिएछ खै के भयो के भयो !!

छाता

गर्मीको त्राण हो छाता छाताले पानी छेल्दछ
पानी मात्र कहाँ यस्ले हाम्रो जीवन ठेल्दछ

जसका साथ यो छाता रहेन यो बुझे भयो
त्यसको जिन्दगी व्यर्थै व्यर्थैमा अमिलो भयो ।।

मेरो नमस्कार छ

वाणीको गहिराइबाट उहिल्यै मोती टिपेका थियौ
आफ्नो सिर्जनभित्र शब्दपथको माला खिपेका थियौ
हे रामायणका प्रबर्तक सधैं तिम्रै यहाँ सार छ
भाषा सेवक पूज्य आदिकविमा मेरो नमस्कार छ ।।

भानुमा श्रद्धा

कलम र कपी बोकी रामको गीत गायौ
प्रभुसँग कवितामा भावनामै रमायौ
परिचित अझ हुन्छौ काव्यका दूत हेर
युग युग रहनेछौ भानु भाषा बनेर ।।

सबतिर छ दिएको भानुले योगदान
सुमधुर कवितामा रामको गीत गान
रसमय रचना वा व्यङ्ग्य लेख्थ्यौ उनेर
युग युग रहनेछौ भानु भाषा बनेर ।।
होम सुवेदी

पानीकाे विकराल रूप

पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो

कोशी बन्न पुग्यो यहाँ जलधि झैं उठ्दैैछ यौटा धुन
नौलो छाल उठी विरक्तसँगले कोशी सुसायो किन
यो बेला मुटुभित्र आज यसरी गाँठो परेको किन ?
खै कस्तो दुविधा भएछ अहिले केही म यो जान्दिनँ ।।

वर्षा आउनुपूर्व त्योे जलधि झैं कोशी थियो सुस्थिर
सुख्खाग्रस्त थिए पहाडतिरका पाखा पखेरा भिर
वर्षामा घनघोर बग्दछ जसै आषाढमा झन् पिर
कोशी बग्दछ उर्लिएर अहिले हाम्रो तराई तिर ।।

मायाभित्र जमेछ कोशी अहिले मेरै परेलीनिर
आँसुबाट चुहुन्छ मेची अहिले मेरै बलेंसीनिर
आँखा चिम्म गरेर बाहिर कतै आँसु कहाँ झर्छ र
मानौ बालद ओर्लिंदैछ अहिले केही झुकाई शिर ।।

संस्मरण

समाजमा हुँदा रहेछन् । समाज पनि हुँदो रहेछ । समाज गजब छ । यसो विचार गर्छु र आफैं जिल्ल पर्छु ।
पुरानो र चलिरहेको कथा सम्झन्छु । नाम नभनौं । हुनुहुन्थ्यो उहाँ । यो कल्पना हैन सत्य र अति सत्य हो । मिर्चैयामा रक्सीको सेवनबाट मोक्ष पाउनेहरुको कुरा सुनेपछि आज मलाई उहाँको याद सारै आयो । उहाँ मात्र भनांै । उहाँको नाम दिनु पनि असल भएन किनभने जस्तो भए पनि उहाँका छोरा छँदैछन्, बुहारी छन् नातिनातिना छन् । सबै छँदैछन् । नभएका भने उहाँ र उहाँकी मात्र हुन् । भएकासँग दैनिक भेट भइरहन्छ । नभएको ता कता भेटिनु !

पर्देशबाट घरको सम्झना

बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्काएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?

खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?

नारी – २

नारीकाे गुणका सामु मेरो यो शिर झुक्तछ
यो रहस्य नबुझ्ने जो छ त्यो मानव चुक्तछ ।।

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
भाेको बस्तै अरुलाई कनिका पनि साँच्तछ्यौ ।।

हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।

खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।

सिन्काको भरमा तिम्रो कलाकारी उदाउँछ
चौकोमा होस् चुलाेमा होस् त्यो कला मुस्कुराउँछ ।।

यो त झन् भन्न चाहन्छु को छ तिम्रो बरोबर ?

बादल

धारा सुके पनि कुवा कहिल्यै सुकेन
सुख्खा परे पनि कुवा कहिल्यै सुकेन
चौ चौ गरेर किन यो मन अाज मेराे
सम्झीरन्छ घरमन्तिरको पनेराे ।।

जे ठान ठान म त बादल नै ठहर्छु
आकाश ढाक्तछु र वृष्टि भएर झर्छु
गन्तव्य माथि छ तथापि तलै झरेर
पानी भएर सब ताप र प्यास हर्छु ।।
होम सुवेदी

राष्ट्रिय गीत

राष्ट्रिय गीत
होम सुवेदी
भद्रपुर, झापा, नेपाल

हा…..पसिना झारी के पाउने होला अर्काको बारीमा
ढाकेको होला झारले आफ्नो खेत र बारीमा…………
चुहुने आफ्नो घरलाई बिर्सी अर्काको छाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।

नरोऊ आमा छोराको तसबिर छातीमा टाँसेर
दुःखमा पनि सुखमा पनि बसौंला हाँसेर
ब्यर्थैमा पैसा कमाउन लाई विदेश धाउँदै छौं
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।

स्वतन्त्र खोजी चरी झैं उड्ने सपना बोकेर
के पाउने यहाँ गर्मीका ठाउमा यो थाप्लो ठोकेर
पुर्खाको थलो छोडेर आज यो दुःख पाउँदै छांै
तिमीलाई शिरमा राखौंला आमा फर्केर आउँदै छौं ।।

ढाँटेको कुरा काटे मिल्दैन

ढाँटेके कुरा काटे मिल्दैन

कहिले काहीं नढाँटी नहुने । पर्छन् त्यस्तै कुरा अप्ठेराहरु समाजमा बसेपछि । बाध्यता परिदिन्छ कुनै कुनै कुरामा । कहिले भने व्यर्थमा ढाँटिन्छ र परिन्छ आफ्नै खनेको खाल्टोमा । यस्तै आफैं खाल्टोमा परेको मेरो ढाँटकर्मको एक कथा हो यो ।
अहिलेको हैन आज भन्दा तिस वर्ष अघिको कुरा हो । म डेरामा बस्थें । वरपर परिचय भइसकेको थियो । सबैले मान्थे । डेरा बसेको घरैनिर छिमेकमा घर भएका र मेरै कजेलमा साथै पढाउने मेरै साथीका भाइको बिहे थियो । म मात्र नभई मेरी श्रीमतीकाे पनि त्यहाँ आउजाउ हुन थालेको थियो । यसैले जन्ती जाने कसार बटार्ने र रतेउली खेल्ने समेत निम्ता थियो ।