अमेरिकास्थित कवयित्री दुर्गा रिजालले पुत्रशोक बेहोरिरहेको अवस्थामा मझेरीको तर्फबाट हार्दिक शान्त्वना तथा समवेदना छ ।
पुत्रपुत्रीहरुलाई ज्यान छाडी सघाउँछन्
आफू भोकै यता बस्छन् रित्तै पेट अघाउँछन्
आमा हुन् को छ आमाको विकल्प दुनियाँ भरी
आमाको स्मृतिमा झर्छन् मेरै आँसु घरी घरी ।।
रोकिएको यहाँ छैन आमाका आँसुका भल
पुत्र राघवमा दैव गरेछौ तिमीले छल ।।
आमा झैं आँसुको धारा अरुको के चुहुन्छ र
आफ्ना सन्ततिका लागि आमा झैं अरु हुन्छ र ।।