Skip to content

HomSuvedi

वातावरण

अस्तिसम्म एसएलसी भनिएको र अहिले खै के भनिएको कुरा छोरीले राम्रो ग्रेटमा उत्तीर्ण गरेको हुँदा घरमा विद्यालयबाट छोरी माग्नेको लस्कर लाग्नु अघि नै एक नामी उच्च विद्यालयमा छोरीलाई लिएर गए प्रेमबहादुरजी । स्कूलको कम्पाउन्डमा पुग्दा बाहिरैको दोकानमा केटाकेटीहरुको भिड रहेछ । सबै हेर्दा स्मार्ट नै छन् । टाइ लगाएका छन् । राम्रो परिधानमा छन् । घुँडा च्यातिएको लुगा पनि लगाएको छैन । स्कुल ठिकै लाग्यो ।

आत्मगौरव – ४

मौका आउँछ छेउछाउ त्यसमा चासो बढाएपछि
इच्छा साहस त्याग योग सबले आकार पाएपछि
आफ्नै शक्ति बुता र बाहुबलले ढोका खुलाएपछि
तृष्णा त्यो परितृप्त बन्दछ बिण्डो आफैं समाएपछि ।।

कविताउन छाड्नु पर्यो

द्रुतविलम्बितः
कति बिताउनु हो कविता पनि
सकल मानवको रमिता बनी
अब म छाड्दछु यो ‘क’ बिताउन
गजलमा बरु थाल्छु सुसाउन ।।

मुलुकभित्र भए सरी माफिया
बरु सबैतिर भर्दछु काफिया
अति छ कष्ट यहाँ ‘क’ बिताउन
छ सिजलो जल मा ‘ग’ मिलाउन।।

न घिमिरे जतिको हुन पाइयो
न त मिठो कविता रुन पाइयो
अब त दुर्लभ प्राज्ञ छ पाउन
गजलमै बरु थाल्छु सुसाउन ।।

गजलमा रमितै रमिता सब
गजलमै जल थप्नु पर्यो अब
मुख मिठ्याउन क्यै पनि पाइनँ
गजलमै बरु थाल्छु सुसाउन ।।

घनिघसाइ गरी कवि आउँछन्
कथित गर्धव राग सुसाउँछन्
म पछि पर्दछु तैपनि धाउन
गजल नै बरु थाल्छु सुसाउन ।।

गजलमा सजिलै रछ धाउन
बहर गाई र गोरु मिसाउन

त्रि गजल

साहित्यका प्रणेता यो देशमा रुँदैछन्
दुर्भाग्य भन्नु पर्ला मोती हराउँदैछन् ।।

हामी सबै हरायौं संस्कार झन् हराए
यस्तो अचम्म देखी मोती कराउँदैछन् ।।

प्रज्ञा छिरेर धेरै मुर्दाहरु बसेको
देखेर भित्र भित्रै मोती डराउँदैछन् ।।
होम सुवेदी

बसिबियाँलाे – २

हत्या अपहरण बलात्कार र मारकाट कहिले रोकिएलान्
सुलीमा चढाएर अपराधीका हातमा काँटी कहिले ठोकिएलान् ।।

न्याय किन्न लाम लागेका अपराधी नारा लगाउँदालगाउँदै
प्रलोभनमा परेका कथित न्यायमूर्तिहरू कहिले चोखिएलान् ।।

पतिपत्नीका सहकार्य

“…..हजुर नमस्ते सर । आज मेरो अन्तर्वार्ता छ… हजुर, हजुर गृहस्थ भन्ने च्यानलमा हो । यसो हेरेर प्रितिक्रिया दिनुहोला ।”
टेलिभिजन अन गर्दै पुष्पजीले आफ्नो साथीलाई फोन गरे अनि भान्सामा केके गरिरहेकी पत्नीलाई बैठकबाटै कराए “ए निर्मला लौ न अलिक छिटो गर । खाँदै हेर्दै गरौं । अन्तर्वार्ता आउने बेला भइसक्यो ।”

त्रास जागेकाे छ

गाईजात्राको के कुरा गर्ने
देशै भरि जात्रैजात्रा छ
केही अपराधीको नजर खोजिरहेकोे छ
कतातिर बालिका छ र कता छात्रा छ
जात्रा भन्नु के खतरै खतरा छ
सकियो भनेर नसोच्नु
यहाँ बारैमास जात्रैजात्रा छ ।
तोकिएको गाईजात्रा सकियो त के भो
अब मुखैमा दसैंतिहारको जात्रा आएको छ
बलात्कार हुनबाट बँचेका नानीहरुका मनमा
खुसी छाएको छ ।
यसका लागि बाबु भएकाे नाताले
ऋणमाथि ऋण बोकेर
मुसुक्क हाँसिदिनु छ
थोत्राथाम्रा लुगा खोजेर पात गाँसेझैं गाँसिदिनु छ
तिनका जिउमा झुत्राझुत्री टाँसिदिनु छ ।
ए लुगा बेपारीहरु
भर्खर सिएका राम्रा लुगा खेर जाने भए
यहाँलाई चाहिन्थ्यो कि ?

पद्याङ्कन

पद्याङ्कन
होम सुवेदी

लेखककाे भनाइः
परालकाे अागाे, के नेपाल सानाे छ ?, खैराती मास्टर, श्वेत भैरवी, मैनवत्तीकाे शिखा, मातेकाे मान्छेकाे भाषण मध्यरातकाे सडकसँग यति कृति तलकाे नमुना अनुसार पद्यमा लगेकाे छु । काेही सहृदयी प्रकाशक अघि अाएर हात थापिदिनु भए अाभारी हुनेछु । नमुनाका रुपमा केही श्लोक तल छन् ।

गद्यका केही सामग्री पद्यबद्ध गरुँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
त्यसै लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमै हिंडें ।
मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यस्मा बैग्लै कुरा परे

जुर्मुराऊ

सहन कति सकेको लौ बनौ गोलबन्द
मुलुक भर उठाए दैत्यले आज द्वन्द्व
टुलुटुलु कति हेर्छौ दैत्यलाई ठटाऊ
अझ पनि कति बाटो हेर्दछौ जुर्मुराऊ ।।

मुलुक भर सुरक्षा बालिकामाथि छैन
प्रभुपद सब सुत्छन् अन्ध देखिन्छ एेन
किन मन र कलेजो भित्र उम्लन्न घाउ
अझ पनि कति बाटो हेर्दछौ जुर्मुराऊ ।।
होम सुवेदी
मालिनी छन्दकाे उदारहण चाहिए यसलाई हेर्नु होला ।

गाईजात्रा

सारै धामा गर्दा पनि ग बिताउन पाइन
क विताउँदा एक तुर्को माया पिर्ति लइन
क विताउन अब छाडी ग बिताउन थाल्छु
बरु एउटा गिजाेल्नलाई घाँस हाली पाल्छु ।।
ग बिताउने गँड्यौला उम्रिए
अाफू भने हेरेकाे हेरेकै ।

क बिताउने कुरा यसै हराएछ आज
हामीलाई क बिताउँदा सारै लाग्छ लाज
गिजोलगाजोल लेख्न अब हामी घुँडा टेकौंं
त्यसैभित्र संसारको महाभाष्य लेखौं ।।
गजल लेख्यो तल्लारे साइँलाले
आफू भने हेरेको हेरेकै ।।

कुनै लाग्छन् सफा सुघ्घर कुनै लाग्छन् जुम्रे
ग बिताउने आज भोलि गावैं भरि उम्रे
लेख्नै मात्र कहाँ हो र गाउँछन् अझ यस्तो
पक्का भैंमा बूढो भैंसी छेर्दैछ कि जस्तो ।
गाजलेले यो देश खाएछन्

पार लगाऊ

जब जब मानव दानव हुन्छ
सेवकले पनि राक्षस चुन्छ ।
प्रणय र ममता कसले सुन्छ
ईश्वरको पनि अश्रु बहन्छ ।।

पञ्झटिकामा गर्छु पुकारा
छैन कतैतिर कोही सहारा
भवसागरको डुब्दछ नाउ
अब प्रभु आऊ पार लगाऊ ।।
होम सुवेदी

भाषणमा पहाड फोरिन्छ

“जात गोत्रथर पनि कसैले परिवर्तन गर्दैमा परिवर्तन हुन्छ ? मान्छे जुन परिवारमा जन्मियो उसको त्यही थर हो, जात हो र त्यही गोत्र हो । हामी महिला उहिल्यैदेखि सट्टापट्टाको वस्तुजस्तो हुँदै आएका छौंं । लोग्नेको चैं जात, थर गोत्र उही रहने अरे हामीले चैं बिहे गरेपछि फेरिनु पर्ने अरे । हामीलाई यो कुरामा अपमान र अन्याय गर्न पाइन्न….”

टुकी बालिराखया छुु

च्यातिएको मायालाई टालिराख्या छु
तिमी आउने आसमा टुकी बालिराख्या छु ।।

मेरो देव मेरो प्रिय सबै तिमी हौ
आशीर्वाद माग्न धूप हालिराख्या छु ।।

खपिसक्नु छैन जाडो चिसो बढेर
तिमी आउँछौ भन्दै ओछिन खाली राख्या छु ।।

नसम्झनु मैले माया मारे भनेर
तिम्रो आशा मनमा सधंै पालिराख्या छु ।।

ढोका खुला राख्न पनि डरमर्दाे छ
तर मैले पारदर्शी जाली राख्या छु ।।

आँसु झार्न नपाएर सारै सकस भो
भित्रै थुन्ने परेलीका आली राख्या छु ।।

तिमीलाई पूजा गर्ने फूलबारीमा
राम्रा राम्रा फूल गोड्ने माली राख्या छु ।।

ईश्वर भनौं दैव भनौं सबै तिमी हौ
पूजा गर्न सजाएर थाली राख्या छु ।।

म वागमा फूल नयाँ फुलाउँछु

म वागमा फूल नयाँ फुलाउँछु
सङ्गीतमा राग नयाँ खुलाउँछु
मस्तिष्कमा काव्य कला तरङ्ग छ
तथापि मेरो मन यो भरङ्ग छ ।।

म भित्र यस्तो अटमट्ट स्नेह छ
त्यो स्नेह थाम्ने अझसम्म देह छ
नाचौं कि नाचौं सरीको उमङ्ग छ
तथापि मेरो मन यो भरङ्ग छ ।।
—होम सुवेदी

छन्दमुक्तक

मैले जीवनका अनन्त सपना रोपें यसै ठाउँमा
मेरा सैंतिस वर्षका पलहरु पोखें यसै ठाउँमा
केही भन्नु रहेन शून्य मनको यो रिक्त मन्तव्यमा
रित्तै हात लिएर आज म हिंडें अज्ञात गन्तव्यमा ।।

स्तनपान सप्ताहका लागि

समग्र संसार छ वारपार
छ जन्म हाम्रो अझ बारबार
नसानसामा स्तनपान गर्ने
रहन्छ हाम्रो अधिकार सार ।।

कसै कसैका मति भ्रष्ट हुन्छन्
र बालको त्यो अधिकार छिन्छन्
रहन्छ मातृत्व सधैं अभाव
चाँडै हराओस् अब त्यो प्रभाव ।।

म खान पाऊँ अनि चुस्न पाऊँ
चुसेर वक्षस्थलमै निधाऊँ
निधाउँदै फेरि म ब्यूँझिएर
म दुग्धधारा अभिषेक पाऊँ ।।

भित्तै भएकाे छु म

बोधो यो किन हो दिमाग अहिले फुर्दै नफुर्ने भयो
केही सिर्जन गर्न साइत कतै जुर्दे नजुर्ने भयो
सारा पूर्व प्रयत्न मेटिन पुगे मस्तिष्क रित्तो किन
साठीबाट उँभो चढेपछि भयो मेरै उछित्तो किन ?

भो भो सहन्न

बाधा नपार मेरा मेची र कालीलाई
भो भो सहन्न तिम्रो हाली मुहालीलाई ।।

यो देशको सीमानामाथि नगाढ आँखा
लाखौ अडाडि सर्लान् को छोड्छ जालीलाई ।।

थाप्लो उठाई उच्चा पारेर बाँच्न सक्छौं
सियो नठान साथी तातो छ फालीलाई ।।

चोखो र तथ्य के हो हेक्का रहन्छ हाम्रो
छुट्याउने छ बानी छोक्रा र छालीलाई ।।

हामी सपार्न सक्छौं हाम्रै छ बाटिका यो
काँढा र फूल के हो थाहा छ मालीलाई ।।