Skip to content

HomSuvedi

जाडो कता त्यो गयो

जाडै मात्र कहाँ र मित्रहरुहो गर्मी यहाँ आउँछ
उस्तै हुर्मत गर्न सक्छ त्यसले झन् उष्णता ल्याउँछ
जाडाको नगरौं मिलेर त्यसको बद्नाम धेरै भयो
चाँडै भोलि हुनेछ सोच छिनमै ‘जाडो कता त्यो गयो ?’

लाऊँ खोज गरी गरी जखमले ज्याकेट लाऊँ अब
बाटो हेर्नु हुँदैन यो विपदमा हावा नखाऊँ अब
आफ्नो स्वास्थ्य स्वयम् सुरक्षण गरे मात्रै छ सन्सार यो
चाँडै नै हुन सक्छ सोच अनि यो ‘जाडो कता त्यो गयो ?’

बसिबियाँलाे

गजल
यहाँ जातिका जातका गान हुन्छन्
अझै देशकै घातका गान हुन्छन् ।।

प्रजातन्त्र भन्दै कुनै पेट भर्ने
कुनै चाहिं सोझा दिलोज्यान दिन्छन् ।।

जजस्ले मिली देशको घात गर्लान्
उनैका यहाँ मान सम्मान हुन्छन् ।।

सधैं देश जस्ले बिरामी बनाए
तिनैका व्यथा झन् समाधान हुन्छन् ।।

दबाई नपाई यहाँ मर्छ कोही
कुनैका भने मन्द मुस्कान हुन्छन् ।।

कति मर्दछन् शीतको मार झेल्दै
तिनै माथि झन् धेर पेलान हुन्छन् ।

श्रमैमा डुबाए कसैले जवानी
तिनैका भने जीर्ण सन्तान हुन्छन् ।।

सबै ठालु बन्छन् सताएर आमा
तिनै ठालु पोस्ने प्रतिष्ठान हुन्छन् ।।

दुराचारको भो कुरा के गरुँ म

समवेदना पेस गर्न कहिलेसम्म तँछाड मछाड गर्ने ?

मेरा एक जना अति नै घनिष्ट मित्रले थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।

आधा घन्टाको यात्रापछि म पुर्याइएँ एक यस्ता घरमा जहाँ ठुलो भीडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पूराण लागेको ठाउँमा पो आएँ कि ? मैले त्यहाँको दृश्य देखेपछि परिकल्पना गरें ।

मुक्तक

सुख खोज्न धेरै टाढा धाउनै पर्दो रहेनछ
मनमा सन्तोक भए अर्को पाउनै पर्दो रहेनछ ।
चुनाबले नेतृत्वको गोठै गाउँमा आएको छ
जनताले नेतातिर धाउनै पर्दो रहेनछ ।

हामीले ता उनको गीत गाउनै पर्दाे रहेनछ
आफैं नारा लाउँदा रैछन् लाउनै पर्दाे रहेनछ
मजासँग नेतालाई चुनावमा देख्न पाइयो
जितेपछि गाउँघरमा आउनै पर्दाे रहेनछ ।।

मन्त्रीलाइ फिलो

कसैलाई यो देश नै चम्किलो छ
कसैलाई यो देश नै स्वादिलो छ
यता देशवासीहरु तड्पँदै छन्
उता देशको छाती नै बोझिलो छ ।

नसोचे भयो शान्तिको सास फेर्न
नसोचे भयो देशमै काम गर्न
यता बल्कदो घाउ जस्तो पिलो छ
उता तीर जस्तो मुटुमा किलो छ ।।

नसोधून् कसैले यहाँ हाल हाम्रो
नहेरुन् कसैले यहाँ चाल हाम्रो
सबै देह हाम्रो बिलोमा बिलो छ
जता हेर्न खोज्यो उतै थङ्थिलो छ ।।

न स्वप्ना छ राम्रो न बिप्ना छ राम्रो
र दुर्भाग्यमा यो बित्यो ज्यान हाम्रो
यता हामी छौं खानमा भोक भोकै
उता मन्त्रीलाई मुखैमा फिलो छ ।।

मैले फुल्नु छ

—होम सुवेदी
हामी देश विकासको चरणमा धेरै पछौटे भयौं
अर्काको घरमा गएर उसका धेरै भरौटे भयौं
हाम्रा पूर्वजका बनेर नमुना यो देशमै बढ्नु छ
टेक्तै पौरख पाइला सगरको माथा छिटै चढ्नु छ ।।१।।

गैंती झम्पल हात हात सबले बोकी यतै लौ जुटौं
हामी देश र देशभक्तजनको सम्मानमा लौ उठौं
यौटा साँघु बनेर उच्च युगको यात्रा छिटै गर्नु छ
बाँझै छन् सब खेत बारी गहिरो जोतेर क्यै छर्नु छ ।।२।।

मैले अम्मरसिंहका पदहरू पछ्याउनै पाइनँ
जानाजान हुँदै गए त्रुटिहरू सच्याउनै पाइनँ
चाहन्थें अझ उच्च नागरिकका उत्कृष्टताका दिन
मैले आत्मीय भाव यो मुलुकमा बिच्छ्याउनै पाइनँ ।।३।।

कोषराज नेउपाने गुरुमा अभिवादन

कविता
भाषाको गहिराइबाट किन हो टाढा गएको छु म
धेरै हं्रस्व र दीर्घका नियममा टाढा गएको छु म
गर्छन् स्नेह तथापि मित्र जनले छट्टू भएको छु म
केही छैन मभित्र आज प्रतिभा मठ्ठू भएको छु म !

थाप्लाको ऋणबोध यो मुलुकको आजै चुकाऊँ कि म
माटो लानु छ स्वर्ग यो मुलुकको केही लुकाऊँ कि म
मेरा आदरणीय अग्रजहरु आस्था फुकाऊँ कि म
श्रद्धाले नमनीय माथि शिर यो केही झुकाऊँ कि म !!

मेरो लेखनको कला विपदले ढाकेछ ढाकेछ कि
मेरै शासन जो ममाथि नगरी थाकेछ थाकेछ कि
मेरै निर्मल सोच जो अघि थियो त्यो साँध सा¥यो किन
निष्ठाले मनभित्र आज धमिलो पानी उमा¥यो किन ?

घुनपुत्ली परेकाे छ

अब मेरो कवितामा चिलेंसा र घुनपुत्ली परेको छ
पाठकको जमात नाक थुनेर अलि पर सरेको छ
अहिलेको त्यसलाई पढ्न नाक थुनेरै पढ्नु होला
घुनपुत्ली मार्न भर्खर मात्र बेगन स्प्रे छरेको छ ।।

गनथन

उडेर माहुरी कतै परागमा बसे सरी
म बस्न पाऊँ योगमा र ध्यानमा बसे सरी
दिमागमा फुलून् नयाँ नयाँ गवेषणाहरु
जलेर नासियून् सबै विषाक्त एषणाहरु ।।

गरेर काव्य साधना म पार लाउँला कहाँ
र त्यो विसाल फाँटमा तरेर जाउँला कहाँ
न साधना छ तेजिलो न भावना छ उर्बर
छ काव्यको अनन्तता म पार पाउँला कहाँ ?

उडेर माथि चन्द्रमा कहाँ म भेट्न सक्छु र ?
विधान लेखियो भने कहाँ म मेट्न सक्छु र ?
अनन्त भाव उठ्दछन् कहाँ समेट्न सक्छु र ?
विसाल स्वप्न देखिए कहाँ लपेट्न सक्छु र ?

कता कता नजानिदो गरेर भाव आउँछन्
नवीन भावना फुरी अनेक थङ्थिल्याउँछन्
अनन्त दुस्तराहरु कता म पार पाउनु

आत्मगौरव – २

हारेको अमिलो मनस्थिति लिई लागें स्वय म मासिन
सिङ्गो देश रुवाउँदै किन पुगें यो ठाउँमा भासिन
टाढा छु घरमै छ चित्त किन हो माया उतै गाँसिनँ
मेरो देश भनी नुहेर शिरमा माटो कतै टाँसिनँ ।।

नारी

डोको बोक्तै रगत पसिना पोख्तछिन् हामी माझ
आँसु झार्दै प्रगतिपथमा लाग्दछिन् रातसाँझ
दुर्गा काली प्रंकृति अथवा सृष्टिकै हुन् बिहान
नारी आमा सकल जगकी सिर्जनाकी मुहान ।।

हामी चुस्छौंं प्रणयरस त्यो वक्षको धार धार
थाप्लो थाप्छिन् स्वजनहरुमा वज्र नै होस् प्रहार
आफ्नै सत्ता घर र परकी हुन् नयाँ सम्विधान
नारी आमा सकल जगकी सिर्जनाकी मुहान ।।

नारी तिम्रा चरणतलका धूलीको स्पर्श गर्न
इच्छा गर्छन् पुरुषहरुले पाउमा माथ धर्न
माता, छोरी, प्रणयदुहिता आदि छन् धेर नाम
नारी आमा सकल जगकी सिर्जनाकी मुहान ।।

नेपाल

तिम्रो त्यो अलकापुरी लग तिमी हे इन्द्र तिम्रै भयो
यो हाम्रो अलकापुरी जगतको नेपाल हाम्रै भयो
हाम्रो स्वर्ग समान यो मुलुकमा के छैन के छैन र !
यो नेपाल समस्त विश्वभरको के स्वर्ग यो हैन र ?

माटोमा जलमा तथा पवनामा नेपालको गान छ
अग्ला शैल हिमाल ताल जलमा नेपालकै शान छ
सानो होस् मुटु झैं छ यो मुलुक नै सर्वस्व यो हैन र !
यो नेपाल समस्त विश्वभरको के स्वर्ग यो हैन र ?

धनसेकुवा पसल

(सुधिरकुमार सुमनजीले मेरो कथामा कमेन्ट गरेपछि जन्मेको लघुकथा)
कुलबहादुरको घरमा आएको बेला थियो । किनमेलनका लागि आज पनि फेरि बजार गए । दुरदराजको जागिर छ । श्रीमतीमालाई दुःख नहोस् भन्ने सोच भएकाले आएको मौकामा सबै थोक जोरजाम गरी घरमा राखिदिने उनको बानी छ ।
हुनत उनका लागि किनमेल गरिने वस्तुहरु धनबहादुरको छैनन् फलफूलकाे दोकान छाडेका छन् तापनि पहिलेका नजिकका साथी भएको नाताले बजार जाँदा आज पनि धनबहादुरको पसलमा निस्कने विचार गरे ।

चुनाबबारेका मेरा तीन मुक्तक


अँझै केही दिन चुनाबक्षेत्रमा घुमघाम छ
भाषणे तिर्खालुहरुको बाटोमा लामो जाम छ
केही दिनको मुतको न्यानो न हो
हामी जनताका लागि यो रमिता बडो धुमधाम छ ।

बालबालिकालाई उपदेश

मालिकको भासन खेसरियाले सबै ता बुझेन तैपनि आफ्ना मालिकले गरेको भासन रामरी सुन्यो । मालिक धनमान साहूकोमा कामका लागि बसेको केटो हो खेसरिया । को हो, कसको छोरो हो भनेर बुझ्न उसको नाम नै काफी भएकोले त्यता नलागी खास कुरामा लागौं ।

बूढेसकालकाे लहड

कविता

सिङ्गै जीवनका बिते पलहरु खोजेर हिंड्दै सुख
पाकेका फल छन् भनेर सजिलै चढ्ने कहाँ त्यो रुख
यो बेला पनि बाल्यकाल सरीको फिर्दैैैछ जो छुक्छुक
जोरी खोज्नु हुँदैन वृद्धगणले तन्नेरीका सम्मुख ।।१।।

फर्केनन् अझ भाग्यका दिन भनी के थाल्नु एक्लै रुन
मानौं छिद्र परेछ जीर्ण कपडा के थाल्नु व्यर्थै धुन
आफू वामन झैं छु काव्यपथको के सक्नु यात्री हुन
सल्लोको रुखमा चढेर चुचुरो के सक्नु मैले छुन ! ।।२।।

कवितारामका दुई कथासंग्रहः एक पर्यावलोकन

(कवितारामजी
निकै घनिष्टता थियो मेरो तपाईंसँग । आज म मेरो पुरानो साामग्रीका साथ तपाईंको हार्दिक स्मरण गर्दछु । यहाँको स्मृतिमा यही पुरानो पुष्प मझेरीमा चढाउँदै मझेरीका समग्र परिवारहरुको तर्फबाट समेत आत्माको चिर शान्तिका लागि प्रार्थना गर्दछु ।
होम सुवेदी )

प्रसङ्गपूर्वको केही विषय
समीक्षणकर्मका लागि मेराअघि २०३६ र २०३८ सालमा प्रकाशनमा आएका दुई वटा कथाका पुस्तक रहेका छन् । पहिलो संग्रह चाहिं सारसंग्रह प्रकाशन काठमाडौंबाट छापिएको हो । अर्को कथासंग्रहको प्रकाशन भने साझा प्रकाशनबाट भएको छ । पहिलो कथाको पुस्तकको नाम ‘कालो कथा’ हो र दोस्रोको नाम चाहिं ‘प्रलाप’ हो ।

आस्था उखेलिन्छ र

आस्था यो मनभित्रको सडकमा पोखेर पोखिन्छ र ?
माया यो मनभित्रको जतिसुकै जोखेर जोखिन्छ र ?
जो आस्था मुटुभित्र रोपिन गयो त्यो रोपियो रोपियो—
अर्काको करकापबाट सजिलै त्यो के उखेलिन्छ र ?

तप्पतप्प

तप्प तप्प जलधारा चुल्ठाबाट चुहाउन मनाही छ
मुलायम केशलाई भनिदेऊ धेरै सुहाउन मनाही छ ।

सक्छौ भने रेसमी रुमालले बेर त्यसलाई
खुला राखेर जथाभावीकाहरुसँग छुवाउन मनाही छ ।

बरु चुवाको फूलमालाले विन्यास गर त्यसलाई
हामी आँखा छोपौंला बरु धेरै हरेस खुवाउन मनाही छ ।

कति भाग्यमानी र प्यारो रहेछ त्यो चुल्ठो
उसको श्पर्श सुखसम्म नपाएकालाई रुवाउन मनाही छ ।