नसोध है प्रकाश सापकोटा गीति कविता by PrakashJuly 28, 20101 Commentआमा मलाई यहाँ मेरो कामको कुरा नसोध है हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है मन त थियो आमासँग घरै बसी रमाउन सोचे फेरि मुग्लानमा सजिलो छ कमाउन पाखुरा नै खियाउनु पर्दो रैछ जहाँ पनि पैसा फल्ने बोट कहाँ रहेछ र यहाँ पनि
गजल प्रकाश सापकोटा गजल by PrakashMay 2, 20101 Commentगजल – प्रकाश सापकोटा, बनेपा, काभ्रे (हालः दोहा, कतार) पैले पनि हजुरलाई अलच्छिना भाँडो भएँ ऐले पनि हजुरलाई जिन्दगीमा घाँडो भएँ फूलै–फूल मग्मगाउने सुकोमल चाहनामा
…नत्र अब भेट हुन्न तिम्रो–मेरो प्रकाश सापकोटा गजल by PrakashApril 14, 2010ट्रङ्कलमा कुराकानी ठेट हुन्न तिम्रो–मेरो झट्टै आऊ नत्र अब भेट हुन्न तिम्रो–मेरो ऐलेसम्म तिम्रै लागि उघारेर राखेको यो दिलभित्र पस्ने मूलगेट हुन्न तिम्रो–मेरो अझ पनि आलेटाले गरी बस्यौ भनेदेखि पिरतीको मजा भरपेट हुन्न तिम्रो–मेरो
आँसु खसाल्नै परेन प्रकाश सापकोटा गजल by PrakashJanuary 30, 2010गजल – प्रकाश सापकोटा नसजाएको स्युँदो त पखाल्नै परेन नलगाएको चुरा नि फुटाल्नै परेन सहानुभूति पनि के पलाउला र खै नरसाएको आँसु त्यो खसाल्नै परेन गिद्धले लैजाओस् यो सिनो शरिर
गजल प्रकाश सापकोटा गजल by PrakashJanuary 24, 2010गजल – प्रकाश सापकोटा बृद्धदेखि बालक्सम्म भई भेला पनौतीमा धुमधाम चल्दै होला मकरमेला पनौतीमा लिलावती, पुण्यवती, रुद्रावती मिसिएको त्रिवेणीमा पक्कै होला ठेलम्ठेला पनौतीमा
सँगै तरौंला, सँगै मरौंला प्रकाश सापकोटा गजल by PrakashJanuary 23, 20102 Commentsगजल – प्रकाश सापकोटा साउन–भदौ बर्खे भेल सँगै तरौंला नि बाँचे पनि सँगै मरे सँगै मरौंला नि द्इ मुटु यताउती, नमिठो भो अनुभूति मेलापात, गाउँबेसी सँगै गरौंला नि
बस्न खोज्छ प्रित यहाँ सिताराम आचार्य सागर गजल by PrakashDecember 24, 2009मन मुटुको धोका बाट पस्न खोज्छ प्रित यहाँ ठाउँ छैन मनमा भन्दा बस्न खोज्छ प्रित यहाँ एकान्तमा युगल जोडी हुनु छैन भन्दा भन्दै एकोहोरो अंगालोमा कस्न खोज्छ प्रित यहाँ
… आयौ भन केका लागि प्रकाश सापकोटा गजल by PrakashDecember 24, 2009पिरतीको भाका छोपी गायौ भन केका लागि हृदयको बाटो गरी आयौ भन केका लागि लजाउदै घरि घरि लालुपाते ओठ भरि मन्द मुस्कानको लाली लायौ भन केका लागि
मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो सिताराम आचार्य सागर गजल चोट भित्रका तीन मन by PrakashDecember 24, 2009मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो चोखो मन फुकाउदै छु भन्यौ र पो माया बस्यो जसो छौ ठिकै छौ त्येही भनाइमा अल्झिएछु खाली शिर झुकाउदै छु भन्यौ र पो माया बस्यो
दुइ मुक्तक सिताराम आचार्य सागर मुक्तक by PrakashDecember 24, 2009सबै मिली पाइला चाल्नुपर्छ देशका लागि एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि यही माटोमा सधै रमाउनु पर्छ हामी उज्यालो दिने ज्योती बाल्नु पर्छ देशका लागि
मेरो अनि उनको रात… प्रकाश सापकोटा गजल by PrakashDecember 24, 20091 Commentलाखौ तारा बीच एक जूनको रात थियो मन्द मन्द हावा मनसूनको रात थियो नौलो नौलो अनुभूति हुदै थियो अधरमा उनीसंग मेरो हनिमूनको रात थियो