आमा मलाई यहाँ मेरो कामको कुरा नसोध है
हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है
मन त थियो आमासँग घरै बसी रमाउन
सोचे फेरि मुग्लानमा सजिलो छ कमाउन
पाखुरा नै खियाउनु पर्दो रैछ जहाँ पनि
पैसा फल्ने बोट कहाँ रहेछ र यहाँ पनि
कमाएको छैन आमा दामको कुरा नसोध है
हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है
गाँज्यो आमा घरायसी अन्यौलको अवस्थाले
स्वदेशको पारा उस्तै सधैंभरि आले-टाले
लौ न आमा सम्झाइदेऊ देश चलाउनेहरूलाई
रोक्न लगाऊ युवामाथि विदेशीको मोलमोलाइ
भोकै छु कि खाए भनी मामको कुरा नसोध है
हप्प-हप्प गर्मी अहो घामको कुरा नसोध है

गीत चै साह्रै राम्रो लेखनु
गीत चै साह्रै राम्रो लेखनु भएछ प्रकाश जी, खाडि मुलुकको पीडाले भरिएको एसो स्वर भरेर बजारमा ल्याउन पाए एकचोटी तहल्का मच्चाउने थियोकी?