गजल
– प्रकाश सापकोटा, बनेपा, काभ्रे (हालः दोहा, कतार)
पैले पनि हजुरलाई अलच्छिना भाँडो भएँ
ऐले पनि हजुरलाई जिन्दगीमा घाँडो भएँ
फूलै–फूल मग्मगाउने सुकोमल चाहनामा
चस्स–चस्स हजुरलाई विझाउने काँडो भएँ
झिलिमिली आनन्दको सहर होला पल्लो पट्टि
अघिल्तिर हजुरलाई छेकिदिने डाँडो भएँ
कुद्दै– कुद्दै बल्ल–बल्ल आईपुगेँ यहाँसम्म
थाह छ कि हजुरलाई ढिलो भो कि चाँडो भएँ
पैले पनि हजुरलाई अलच्छिना भाँडो भएँ
ऐले पनि हजुरलाई जिन्दगीमा घाँडो भएँ

wow
wow