मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो
चोखो मन फुकाउदै छु भन्यौ र पो माया बस्यो
जसो छौ ठिकै छौ त्येही भनाइमा अल्झिएछु
खाली शिर झुकाउदै छु भन्यौ र पो माया बस्यो
बगैचाको सुन्दर फूल मन पराउनु भुल मेरो
फूलै टिपी चुकाउदै छु भन्यौ र पो माया बस्यो
भिजेका ती परेलीलाई माया रुपी न्यानो दिन
सागर छेउ सुकाउदै छु भन्यौ र पो माया बस्यो
सिताराम आचार्य सागर
रेडियो ए बि सी, काभ्रे
(मो. ९८४१ २२२९५३)
