Skip to content

प्रकाश सापकोटा

PrakashSapkota-02

तघारो (छन्द कविता)

उनी उता बन्द, आफू यता बन्द
छइनौँ एकसाथ केको आनन्द
के हो शिशिर गृष्म, के हो वसन्त
आँधिबेहरी मनमा पीर अनन्त

अभाव चिन्ताले सिमाना नघायो
तिर्खा हरायो लौ भोक अघायो
ती लालाबालाको यादले सतायो
टाउकै फुट्ला झैँ मगज ततायो

म कमजोर भएँ

म कमजोर भएँ, समय शक्तिशाली भयो
हेर अभगी निधार यो साल पनि खाली भयो

मखमली रोप्छे, गोड्छे र फुलाउँछे मेरी बहिनी
फूलको ब्यापारीलाई मात्र हालीमुहाली भयो

मार्यो मायाले

डेरा सटुक्कै सार्यो मायाले
मलाई भुतुक्कै मार्यो मायाले

मेरो चेहरा तिमी भए उज्यालो
तिमी नहुँदा खाली रित्तो अँगालो
भन्दै उबेला आँसु झार्यो मायाले
मलाई भुतुक्कै मार्यो मायाले

फनफनी घुमायो मायाले (गीत)

फनफनी घुमायो मायाले
घुमाउनाले-
पिरतीको अवसर गुमायो मायाले

गरेकै हुँ जानेको जति
सोझो मान्छे, सक्कली पिरती ।।
चुर्लुम्मै डुबायो मायाले
डुबाउनाले-
पिरतीको अवसर गुमायो मायाले

D8E5C172-EBD9-4A2C-9589-522FE4508C82

गीत: आऊ न राजै

केटी:- हलो जोत्न खेतैमा आऊ न राजै आऊ
जिउमा तागत छँदैमा आऊ न राजै आऊ
केटा:- आउन खोज्छु खै केमा अल्झिरन्छ पाउ
प्यारी मलाई नसम्झाऊ बल्झिरन्छ घाउ
**********************
केटा:- पल्ला घरे दाजुले ढलान घर ठडाए
तल्ला घरे काकाले दुई-तीन तला बढाए
केटी:- घर घँडेरी चाहिन्न पुरानै छ टालौँला
सिलाई बुनाई सिकेर म’नि इलम थालौँला
केटा:- बाछा बाछी भोकै छ्न् खुशी छैन माउ
केटी:- हासौँ खेलौँ साथैमा आऊ न राजै आऊ
*************************
केटी:- लैनो भैँसी पालौँला गुइँठा गाइँठी बालौँला
छोरा छोरी पढाउन गाउँकै स्कूल हालौँला
केटा:- बा-आमा नि भन्दाहुन् थोत्रै घरमा सडाए

PrakashSapkota

मेरा बा

आफूले गाईगोठ र कुटोकोदालो गरेर
मलाई आइए, बिए र एमए पढाउने
आफू उत्तिस, चिलाउने र खस्रुका रुख चढेर
मलाई मेट्रो, रेल र हवाइजहाज चढाउने
मेरा बा

बानी बिगार्यो

क्या गजबको अम्मलले बानी बिगार्यो
पिरतीको तल्तलले बानी बिगार्यो

अब त सुध्रिन्छु कि भन्ने लाग्या थ्यो
सोल्टिनीको मिस्कलले बानी बिगार्यो

कलेज बङ्क गरी-गरी वनपाखा डुल्दै
ऐँसेलु र काफलले बानी बिगार्यो

कोही-कोही

निरपराध अरुलाई दण्ड गर्छन कोही-कोही
आफैं मात्र जाति रे- घमण्ड गर्छन कोही-कोही
वचनको चुलेसीले घाइते मुटु रेटी-रेटी
यौटै हृदयलाई खण्ड-खण्ड गर्छन कोही-कोही

जितियो भनेर नफुल्नू

जितियो भनेर नफुल्नू फेरि
उत्तरदायित्व नभुल्नू फेरि

राष्ट्रको ढुकुटी आफनै गोजीमा
अँचेटी अँचेटी नहुल्नू फेरि

जनचाहनालाई कुठाराघात गरी
सत्ताकै आसपास नडुल्नू फेरि

दशैंबारे तीन मुक्तक

१. दशैं परदेशमा

गाउँमा भए यतिखेर लिङ्गे पिङ्ग खेलिंदो हो
धानको च्यूरा कुटिंदो हो तोरीको तेल पेलिंदो हो
आफ़्नै देशको थांतथिति अल्लि राम्रो भैदया भए
किन बिदेश छिरिंदो हो किन दुःख झेलिंदो हो

यात्रु बसमा आगो बालेर देश बन्दैन वैद्य बा

सहमतिमा भाँजो हालेर देश बन्दैन वैद्य बा
यात्रु बसमा आगो बालेर देश बन्दैन वैद्य बा

भाषण र बक्तब्यबाजीमा जनताका निम्ति भनेपनि
जनताकै सामू सोमत् फालेर देश बन्दैन वैद्य बा

उस्ले पाल्यो भन्दैमा आफूले पनि पाल्नै पर्छ र ?
पार्टी-पार्टी भित्र गुण्डा पालेर देश बन्दैन वैद्य बा

भत्केका छन जनताका मन-मझेरीहरू भत्केका छन
बन्दको राजनितिले टालेर देश बन्दैन वैद्य बा

शान्तिपूर्ण मार्ग छोड्नु उचित होइन ‘भनेर भन्नुस’
फेरि द्वन्द्व र मुठभेड थालेर देश बन्दैन वैद्य बा

पराई डोली चड्यौ अनि मनमनै रमाएर गइहाल्यौ

मेरो साथ छाड्यौ अनि उस्को हात समाएर गइहाल्यौ
पराई डोली चड्यौ अनि मनमनै रमाएर गइहाल्यौ

सुख पनि दुःख पनि आधा आधा भाग लाउँला भन्थें
खुशी पोको पार्यौ अनि ब्यथै-ब्यथा थमाएर गइहाल्यौ

गरिबिको भुमरिमा म त यसै गुमनाम भएँ
धनिमानी रोज्यौ अनि आफू नाम कमाएर गइहाल्यौ

तर्की-तर्की जानेलाई ब्यर्थै केको बिन्तीभाउ

तर्की-तर्की जानेलाई ब्यर्थै केको बिन्तीभाउ
भाउ खोज्ने खोजिरहुन पर्दिन म छेउछाउ

जस्को साथ, सङ्गतले पुरा हुन्छ अहम्-स्वार्थ
उस्कै चरण समातेर छोइरहुन उस्कै पाउ

देखाउने दाँत रैछ सादा जीवन उच्च बिचार
बाहिर-बाहिर एउटा कुरो भित्र-भित्र अर्कै दाउ

माछा बनायौ पानी बिनाको

माछा बनायौ पानी बिनाको
आँखा बनायौ नानी बिनाको

के गाता हाल्नु अब बेकारमा
पुस्तक बनायौ कहानी बिनाको

हुर्कायौ मायाको कोपिला अनि
फूल बनायौ जवानी बिनाको

नसालु नजरको प्रहार अनौठो

लजालु अधरको बहार अनौठो
नसालु नजरको प्रहार अनौठो

जूनलाई चुनौती दिने त्यो चेहरा
मुसुक्क मुस्कानको उपहार अनौठो

देउतै बसेका छन कि त्यो बोलीमा
जे बोल्यो हो लाग्ने पत्त्यार अनौठो

संगीतमय छ उसैको आगमन
झन्किन्छ दिलमा गितार अनौठो

ऊ बिना ज्युनुको के अर्थ जिन्दगी
लाग्छ यो जीवनको आधार अनौठो

किन रहेछ मायालु तर्किएको थाह पाएँ

मायाको बजारभाउ चर्किएको थाह पाएँ
किन रहेछ मायालु तर्किएको थाह पाएँ

पिरतीको बगैँचामा भरोसाको फल थियो
तर हाँगा अर्कैतिर लर्किएको थाह पाएँ

मलाई त सुनसान रातसँग डर लाग्छ

मलाई त सुनसान रातसँग डर लाग्छ
हावै नचली हल्लिने पातसँग डर लाग्छ

अंग आफ़्नै शरिरमा जोडिएका भए पनि
वाह्य इशारामा चल्ने हातसँग डर लाग्छ

धेरै कथा जिन्दगीका बियोगान्त हुन थाले
अन्त्यभन्दा अचेल शुरुवातसँग डर लाग्छ

घाउ छन कति-कति

एक्लो म आसामीका साउ छन कति-कति
जबर्जस्ती असुल्ने दाउ छन कति-कति

तिनकै लागि छाती आफ़्नो ओछ्याएर हो कि
मेरै जिउमा बजारिने पाउ छन कति-कति

चोक, चउर बोलाएर मनपरि मोल गर्छन
बजारीय बस्तु भएँ भाउ छन कति-कति

वारी हुन्छन् बिचल्लीमा तारिदिन्छु खुरुखुरु
डुँगा तिनका मै यौटा नाउ छन कति-कति

चिमोटेर जान्छन कोही, चिथोरेर जान्छन
यतै चोट उतै चोट घाउ छन कति-कति

कन्पारो तातेर आउँछ

यताका कुरा सुन्छु- कन्पारो तातेर आउँछ
उताका कुरा सुन्छु- कन्पारो तातेर आउँछ
आफैंले ड्याम्म स्वस्तिक छाप हानेर जिता’को
नेताका कुरा सुन्छु- कन्पारो तातेर आउँछ