Skip to content

बस्न खोज्छ प्रित यहाँ


मन मुटुको धोका बाट पस्न खोज्छ प्रित यहाँ
ठाउँ छैन मनमा भन्दा बस्न खोज्छ प्रित यहाँ

एकान्तमा युगल जोडी हुनु छैन भन्दा भन्दै
एकोहोरो अंगालोमा कस्न खोज्छ प्रित यहाँ

नजरको हेराइले मनभित्रै देख्छ क्यार
अन्धो भई कोमल मन डस्न खोज्छ प्रित यहाँ

नआऊ भो उर्लिएको सागरभित्र तिमी पनि
भन्दा भन्दै आँखा चिम्ली फस्न खोज्छ प्रित यहाँ

– सिताराम आचार्य सागर
रेडियो ए बि सी, काभ्रे
(sitaram_sagar@yahoo.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *