Skip to content

आँसु खसाल्नै परेन

गजल

– प्रकाश सापकोटा

नसजाएको स्युँदो त पखाल्नै परेन
नलगाएको चुरा नि फुटाल्नै परेन

सहानुभूति पनि के पलाउला र खै
नरसाएको आँसु त्यो खसाल्नै परेन

गिद्धले लैजाओस् यो सिनो शरिर
नरुचाएको अरथी उचाल्नै परेन

‘कस्ले के भन्ला’को पर्वाह केलाई
नपिरिएको मन भो सम्हाल्नै परेन

यत्तिमै टुिङ्गयो अनिच्छित सम्बन्ध
नसुहाएको व्यक्ति यो अँगाल्नै परेन

– बनेपा, काभ्रे (हालः दोहा, कतार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *