पिरतीको भाका छोपी गायौ भन केका लागि
हृदयको बाटो गरी आयौ भन केका लागि
लजाउदै घरि घरि लालुपाते ओठ भरि
मन्द मुस्कानको लाली लायौ भन केका लागि
बिनासित्ती आफुलाई परेलीमा अल्झाएर
नयनको ओरिपरी छायौ भन केका लागि
हिजो राति सपनीमा मेरै सामु उभिएर
संगै ज्युने, मर्ने कसम खायौ भन केका लागि
साटासाट गर्ने हो कि रातो गुलाबको थुंगा
हैन भने यतिसारो धायौ भन केका लागि
प्रकाश सापकोटा
बनेपा. काभ्रे
(saprakota@gmail.com)
