Skip to content

Sharan aansu

तिम्रो मायाको पासोमा परें सुस्तरी

तिम्रो मायाको पासोमा परें सुस्तरी
तिम्रै दिलको बस्तीमा सरें सुस्तरी!

जब आयौ तिमी यो एक्लो जीवनमा
खाली दिल यो पिरतीले भरें सुस्तरी!

हाम्रो आस्थाको रीति नटुटोस्

हाम्रो आस्थाको रीति नटुटोस्
युगौंदेखिको थिति नटुटोस्

जन्जिर टुटोस्, सब पीर टुटोस्
स्वतन्त्रताको मिति नटुटोस्

सबै जात जाति, वर्ण वीचको
पवित्र हाम्रो प्रीति नटुटोस्

उन्माद

चैत जाँदो बैशाख लाग्दो
यो सिंदुरे बिहानी
सिसौ र सालका पल्लवित
पातहरूमा
नयाँ वर्षको
उन्माद पोख्छ ।
लालुपातेको बोट र
लालुपाते ओठहरूमा
उन्माद पोख्छ ।

छोरी, तिम्ले जुनी काट्ने घर हुन्छ अर्कै

छोरी तिम्ले जुनी काट्ने घर हुन्छ अर्कै
अर्कै तिम्रो गाउँ, बेसी, सहर हुन्छ अर्कै!

अनौठो नाता र अनौठो मायाँ अरुको
हृदय भित्र सजाउने ठहर हुन्छ अर्कै!

यो घर हुन्छ टाढाको, बाबा र आमाको
नजिकै त जिन्दगीको लहर हुन्छ अर्कै !

बग्यो गण्डकी

बग्यो गण्डकी
डुबेछ कि सरुमै रानी तालमा जिन्दगी !
परेछ कि जुवाडेको खालमा जिन्दगी !!

फूलहरू फुल्दा पनि मुस्कुराउने चाह छैन
गह किन छचल्किन्छ आँफैलाई थाह छैन !
बग्यो गण्डकी
डुबेछ कि सरुमै रानी तालमा जिन्दगी !

मलाई सम्झी भक्कानो नफुटाउनू आमा

मलाई सम्झी भक्कानो नफुटाउनू आमा
पीरै पीरले खुशी सबै नलुटाउनू आमा!

छोरो फर्की आउँछ भन्ने आशै आशको
सासे त्यान्द्रो कहिल्यै पनि नटुटाउनू आमा!

दिदी

–डोको र नाम्लो यहीं छ
आँसी उदयाउने ढुंगो यहीं छ
मझेरी र भान्छामा रारन्न छ /
जूठो कसौंडी र तप्केसित रित्तिएको
तिम्रो सपना यहीं छ /
तिमीसितै
बेसी झरेको
तिम्रो रहरको खेत यहीं छ /
दिदी!
तिमी कहाँ छौ?
तिम्रो आँखामा धान झुलेको छ कि छैन ?
तिम्रो आँखामा रहर फुलेको छ कि छैन ?

मिल्यो आज भेट्ने बहना तिमीलाई

मिल्यो आज भेट्ने बहाना तिमीलाई
दिन्छु यो दिलको नजराना तिमीलाई!

प्रिय लाग्छ हाम्रो त्यो अतीत, त्यसैले
ल्याएको छु पुरानै जमाना तिमीलाई!

काँचो धागाको तानमा हत्यौरी बाट्छ – राजनीति

काँचो धागाको तानमा हत्यौरी बाट्छ – राजनीति
नेपाल उन्छु त्यसैमा भनेर ढाँट्छ – राजनीति !

अपराधभित्र हुन्छ ऊ, ऊभित्र हुन्छ अपराध
निरापराध मान्छेहरूलाई काट्छ – राजनीति !

कहिल्यै मायाँ लाग्दैन उल्लाई टिकुलियाको
टिकुलियालाई मिच्नेकै जुत्ता चाट्छ – राजनीति !

बोलीकै टुनामुनाले ताली परर्र पार्नु भो !

बोलीकै टुनामुनाले ताली परर्र पार्नु भो !
तातो गोली पड्काएर मुटु थरर्र पार्नु भो !

जनतालाई नीरिह र मूल्यहीन बनाएर-
चिल्ला चिल्ला गाडीमा झन्डा फरर्र पार्नु भो !

बगलीमा छुरा रैछ’, मुखले राम राम!
मीठा मीठा कुरा गरी मनै सरर्र पार्नु भो !!

मेरा अक्षर सारेर गए कति!

मेरा अक्षर सारेर गए कति
तिनै अक्षर मारेर गए कति !

उस्तै छु म, मेरो अक्षर उस्तै छ
यै अक्षरको चिट्ठा पारेर गए कति!

अक्षरको मर्म र अर्थै नबुझी
अक्षरदेखि हारेर गए कति!

तिम्ले छाडी गएपछि मर्माहत छ -माटो

तिम्ले छाडी गएपछि मर्माहत छ -माटो
मल पानी नपाएर नातागत छ माटो !

उता बग्छ सस्तो तिम्रो खून पसिना
यता तिम्रै स्मृतिमा आहत छ माटो !

धान झुल्ने खेतमा काँस फुल्या‘छ
वनकरका दलको यहाँ विरासत छ माटो !

अमूक बाद’र दल बाहिर बस्छे कविता!

अमूक बाद’र दल बाहिर बस्छे कविता!
फोहरको दलदल बाहिर बस्छे कविता !

गरीब र निमुखाहरूको घाँटी अँठ्याउने
मुलुकी ऐनको महल बाहिर बस्छे कविता !

सहस्रधारा पिरती साँचेर एक्लै मुटुमा
मान्छेको चहलपहल बाहिर बस्छे कविता !

मनमा बेजोडले आको’छ तिम्रो सम्झना!

मनमा बेजोडले आको’छ तिम्रो सम्झना!
मुटुभरि लपक्क भाको’छ तिम्रो सम्झना!

तिरस्कारले भरिएका तीखा तीखा आँखा
सम्झेर बेकार लाको’ छ तिम्रो सम्झना !

तिमीलाई नै आफ्नो आकासको जून ठान्दा
भलभली खून बनेर गाको’ छ तिम्रो सम्झना!

मनको दियो बालेर हेरे माटो चिनिन्छ

मनको दियो बालेर हेरे माटो चिनिन्छ
मनकै मैलो फालेर हेरे माटो चिनिन्छ !

कुतर्कहरुका तानाबाना बुन्न छाडेर
ससाना काम थालेर हेरे माटो चिनिन्छ !

माटो नै धरोहर हो सबै मनहरुको
मनमा मायाँ पालेर हेरे माटो चिनिन्छ !

मनमा फुलिरहने फूल होइन मायाँ

मनमा फुलिरहने फूल होइन मायाँ
काँडा पनि हो तर भूल होइन मायाँ !

जून तारा टिपेर तिम्लाई दिन्छु भन्ने
केवल कर्णप्रिय कबुल होइन मायाँ !

दुई दिने राम छाया जस्तो जिन्दगी-
घरीघरी दुखाउने सूल होइन मायाँ !