Skip to content

मलाई सम्झी भक्कानो नफुटाउनू आमा


मलाई सम्झी भक्कानो नफुटाउनू आमा
पीरै पीरले खुशी सबै नलुटाउनू आमा!

छोरो फर्की आउँछ भन्ने आशै आशको
सासे त्यान्द्रो कहिल्यै पनि नटुटाउनू आमा!

रातै भरि बलीरहोस् मझेरीमा दियो
भिरच्युरीको घिउ थप्न नछुटाउनू आमा!

श्रम बेच्दैछु कडा यहाँ कारखानामा
खाने गास काटेर थैली नजुटाउनू आमा!

दशमीको साइत पारेर आउँला दशैंमा
ठाँटरको चिउरा आजै नकुटाउनू आमा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *