मनमा बेजोडले आको’छ तिम्रो सम्झना!
मुटुभरि लपक्क भाको’छ तिम्रो सम्झना!
तिरस्कारले भरिएका तीखा तीखा आँखा
सम्झेर बेकार लाको’ छ तिम्रो सम्झना !
तिमीलाई नै आफ्नो आकासको जून ठान्दा
भलभली खून बनेर गाको’ छ तिम्रो सम्झना!
कहिल्यै बुझिनौ तिम्ले मेरो मायाँलाई
त्यसैले पीर बनेर छाको’छ तिम्रो सम्झना!
कहिले तराई,कहिले लेक- हुन्न ठेगाना
जहाँ पुग्छु म त्यतै धाको’ छ तिम्रो सम्झना!

मनमा बेजोडले आको’छ तिम्रो सम्झना!
शरण आँसु सर धन्येवाद! मिठो गजल पढ्ने मौका दिनु भो।
वाह!
मतला र मक्ताले मुटुनै छोयो! वजनदार शेरले कटक्कै पिरनेको याद दिलायो।
धन्येवाद!
हजुरलाई शुभसमय
बाई!
सरस र सरल भाषा अनि मन छुने शब्दहरू
सरस र सरल भाषा अनि मन छुने शब्दहरू । त्यसमाथि उच्च भावना । शरण सरका गजल र कविताहरूमा मैले देखेका केही विशेषताहरू हुन् । यस गजलले पनि त्यस आशा (expectation) लाई रति मारेको छैन । सरलाई सधैं झैं सलाम!